उपनिर्वाचनका लागि उम्मेदवार छनोट « Khabarhub

उपनिर्वाचनका लागि उम्मेदवार छनोट


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासीको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका–५ मा हुने अध्यक्ष पदको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरले उम्मेदवारको टुङ्गो लगाएको छ ।

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगाएको हो । नेकपाले वडाध्यक्षका लागि खिमबहादुर थापा खरुमगरलाई निर्वाचनमा उठाउने सर्वसम्मत निर्णय गरेको छ ।

जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा खरुमगरलाई वडाध्यक्ष पदमा उठाउने निर्णय गरेको नेकपा जिल्ला कमिटी अध्यक्ष रोशनबहादुर गाहाले जानकारी दिए । खरुमगर बौदीकाली–५ नेकपाको वडा कमिटी सदस्यका हुन् ।

तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित वडाध्यक्ष दलबहादुर खरूमगरको हृदयघातका कारण निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनलागेको हो ।

त्यस्तै बाजुराको त्रिवेणी नगरपालिका–१ मा वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसले सर्वसम्मत उम्मेदवार छनोट गरेका छन् ।

उपनिर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गरिएको दुवै पार्टीका नेताले जनाएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित खम्म नेपालीको २०७५ असार १३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन हुनलागेको हो ।

उपनिर्वाचनका लागि नेकपाले मनोज बुढालाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले खगेन्द्र चदारालाई उम्मेदवार बनाएको छ ।

पार्टीकै सर्वसम्मतिबाट पुरानै प्रतिस्पर्धी भएकाले बुढालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको नेकपाका सचिव भरत बुढाले बताए । तत्कालीन नेकपा (एमाले)बाट उम्मेदवार बनेका बुढा ३५ मतले पराजित भए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : २४ बजे

लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य : प्रतिनिधिसभाका सभाध्यक्ष केसी

काठमाडौं–  प्रतिनिधिसभाका सभाध्यक्ष अर्जुननरसिंह केसीले राजनीतिक स्थिरता, सुशासन र विधिको शासन

सदनलाई राष्ट्रपति कार्यालयको पत्रको जानकारी

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदको नियुक्ति

संसद्‌मा कांग्रेसको प्रश्न- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन किन सार्वजनिक गरेन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले जेन-जी मुद्दाबाट उठेका परिवर्तनलाई

ओली-लेखक पक्राउबारे रवि : यो प्रतिशोध होइन, शहीदकी आमाले न्याय पाउनु पर्छ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका

दलित समुदायसँग रविले मागे माफी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायसँग सार्वजनिक