नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ « Khabarhub

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सात वटै प्रदेशका लागि नियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नियुक्तका लागि सिफारिस गरेका प्रदेश प्रमुखहरुले मंगलबार शपथ लिएका हुन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुमा प्रदेश १ का लागि सोमनाथ अधिकारी, प्रदेश नम्बर २ का लागि तिलक परियार, प्रदेश नम्बर ३ का लागि विष्णु प्रसाईँ, गण्डकी प्रदेशका लागि अमिक शेरचन, प्रदेश ५ का लागि धर्मनाथ यादव, कर्णाली प्रदेशका लागि गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशका लागि शर्मिलाकुमारी पन्त (त्रिपाठी) छन् ।
शपथ ग्रहण गरेसँगै नवनियुक्त प्रदेश प्रमुखहरुले आ–आफ्नो कार्यक्षेत्रमा गएर कार्य सञ्चालन गर्ने बाटो खुलेको छ ।

यसअघि मन्त्रिपरिषदले गरेको सिफारिस अनुसार २०७४ सालमा नियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ४८ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको