अन्तत: पुसमा रिलिज हुने भयो स्वरुप र सुरक्षाको ‘सुस्केरा’ « Khabarhub

अन्तत: पुसमा रिलिज हुने भयो स्वरुप र सुरक्षाको ‘सुस्केरा’


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयदेखि प्रदर्शन हुन नसकेको चलचित्र ‘सुस्केरा’ को रिलिज मिति तय गरिएको छ । यो फिल्म आउँदो पुस १८ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

स्वरुप पुरुष ढकाल र सुरक्षा पन्तको शीर्ष भूमिका रहेको यो फिल्म छायांकनको झण्डै ३ वर्षपछि रिलिज हुन लागेको हो । यही फिल्मबाट सुरक्षा पन्तले नायिकामा कमब्याक गरेकी थिइन् । तर, फिल्म रिलिज नहुँदै सुरक्षाले अन्य फिल्ममा काम गरिन् । यता स्वरुपले पनि ‘छक्का पञ्जा २’ मा काम गरे ।

साम्तेन भुटियाकै लेखन समेत रहेको ‘सुस्केरा’ लाई एसपी ढकाल र सिके ढकालले निर्माण गरेका हुन् । प्रेमकथामा आधारित यो फिल्म अन्य लभस्टोरी फिल्मभन्दा भिन्दै भएको निर्माण टिमको दाबी छ ।

फिल्मबाट शीर्ष भूमिका निभाएका स्वरुप पुरुष र सुरक्षा पनि आशावादी छन् । यो फिल्म प्राविधिक कारणले गर्दा ढिला प्रदर्शनमा आएको निर्देशक भुटियाले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : १६ बजे

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै