स्वास्थ्य परीक्षणका नाममा लिएको पैसा फिर्ता गर्न आग्रह « Khabarhub

स्वास्थ्य परीक्षणका नाममा लिएको पैसा फिर्ता गर्न आग्रह


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी जाने कामदारसँग प्रक्रिया नै शुरु नभइ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम लिएको भए फिर्ता गर्न म्यानपावर कम्पनीलाई आग्रह गरेको छ ।

विभागले एक सुचना जारी गर्दै मलेसियामा रोजगारीका लागि कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभाग ताहाचलबाट सोमबार साँझसम्म १८ सय कामदारको मात्र पूर्व श्रम स्वीकृति निस्केको तर करिब एक लाख भन्दाबढी कामदारको मेडिकल र जिएसजी भई कामदारसँग ठुलो रकम उठाएको भन्दै म्यानपावर कम्पनीलाई पैशा लिएको भए फिर्ता गर्न आग्रह गरेको हो ।

रोजगारीका लागि मलेसिया जाने कामदारको वायोमेडिकल स्वास्थ्य परीक्षण गर्दा ४ हजार ५ सय र जीएसजी गर्दा ३ हजार २ सय गरी ७ हजार ७ सय खर्च हुन्छ । विभागको दावी मान्ने हो भने एक लाख कामदारले स्वास्थ्य परीक्षण गराउँदा ७७ करोड रुपैयाँ खर्च भएको छ ।

विभागले रोजगारीका लागि मलेसिया जाने कामदारको पूर्व स्वीकृति बमोजिम छनोट भई प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले मेडिकल र जिएसजीका नाममा रकम उठाउन नपाउने भएकाले ती दुबै प्रक्रियामा सहभागी नहुन समेत रोजगार आकांक्षी कामदारहरुलाई आग्रह गरेको छ ।

पूर्व स्वीकृति लिई कामदार छनोट भइसकेपछि मेडिकल र जीएसजी गर्न पठाउँदा पत्र र लट नम्बरसहित पठाउन पनि अनुरोध गरेको छ ।

विभागले जारी गरेको सूचना

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १२ : ३६ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा