सावधान ! यी हुन भूलेर पनि गुगलमा खोज्न नहुने १० कुरा | Khabarhub Khabarhub

सावधान ! यी हुन भूलेर पनि गुगलमा खोज्न नहुने १० कुरा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूचना प्रविधिको विकाससँगै मानिसमा कम्प्युटर, ल्यापटप तथा स्मार्ट फोनको प्रयोग बढ्दै गएको छ । यस्ता विद्युतिय साधनहरुको प्रयोगलाई इन्टरनेटले थप उपयोगी बनाउँदै लगेको छ ।

त्यसैले केही कुराको जानकारी आवश्यक पर्ने बित्तिकै मानिसहरु इन्टनेटमा सर्च गर्न थालिहाल्छन् । यस्ता कार्यमा सर्च इन्जिन साइट गुगलको सबैभन्दा बढी प्रयोग हुने गर्छ । साना साना कुरादेखि अति संवेदनशील विषय पनि गुगलमा टाइप गर्ने बानी मानिसका लागि सामान्य बन्न थालेको छ ।

तर गुगलमा पाइने सबै जानकारी सही र प्रामाणिक नै हुन्छन् भन्ने हुँदैन । जानकारी खोज्नका लागि गुगल एउटा माध्यम मात्रै हो । यसले प्रयोगकर्ताले चोहेको सूचना पाइने साइटसम्म पुर्‍याउने मात्रै काम गर्दछ ।

त्यसैले गुगलमा खाजिने सामाग्रीमा विशेष सावधानी अपनाउनु पर्ने र वास्तविक आधिकारिक जानकारी हो कि होइन भन्ने यकिन गर्न जरुरी हुन्छ । एउटै विषयमा गुगलले हजारौँ साइटबारे सूचना दिन सक्छ ।

यस्तो अवस्थामा तपाईंले यी १० कुरामा ध्यान दिन आवश्यक हुन्छ । जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षाविदहरुले सुझाव दिएका छन् ।

१. अनलाईन बैकिङ वेबसाइट

यदि तपाईलाई आफ्नो बैंकको वेबसाइट थाहा छ भने गुगलमा अनलाईन बैंकको युआरएल अर्थात वेभ एड्रेस सर्च नगर्न सुझाव दिइन्छ । कतिपय अवस्थामा स्क्यामर (इन्टरनेटमा ठगी गर्नेहरु) ले बैंकको जस्तै मिल्दोजुल्दो वेभसाइट बनाएका हुन्छन् । यसको ठेगाना र लुक्समा केही मात्र फरक हुन्छ । कतिपय बेला यस्तो नक्कली साइटमा युजरहरुले आफ्ना संवेदनशील सूचना टाइट गर्छन् । त्यसबेला उनीहरु धोकाधडीको शिकार बन्ने गर्दछन् ।

२. कस्टमर केयर नम्बर

फ्रड र स्क्याम गर्नेहरुले गुगलमा कम्पनीहरुका नक्कली कस्टमर केयर नम्बर र वेब साइट देखाउने गर्दछन् । कतिपय घटनामा गुगलमा कस्टमर केयर नम्बर सर्च गरेपछि फोनमा युजर्सलाई यस्ता ठगहरुले ठगेका छन् । कुनै पनि कम्पनीको कस्टमर केयर नम्बर गुगलबाट खोज्नुको साटो सोझै उक्त कम्पनीको वेब पेजमा या फोनबाट कस्टमर केयरसँग सम्पर्क गर्नुपर्दछ ।

३. मोबाइल एप्स र सफ्टवेयर

यदि तपाईं आफ्नो स्मार्टफोनका लागि कुनै पनि एप्स वा सफ्टवेयर गुगलमा सर्च गरेर डाउनलोड गर्नुहुन्छ भने यस्तो नगर्नुहोस् । सधैँ गुगल प्ले स्टोर या एप्पल एप स्टोरबाट मात्रै अपडेट गर्नुहोस् । गुगलमा सर्च गरेर भेटिने एप्सहरुमा मालवेयर अर्थात भाइरस हुन सक्छन् ।

४. औषधी र रोगको लक्षण

सामान्य स्वास्थ्य जानकारीका लागि गुगलमा खोज्नु राम्रै भएपनि कुनै बिरामीका लक्षणहरुका आधारमा के भएको भनेर खोज्ने काम गर्नु हुँदैन । लक्षणका आधारमा औषधी खोज्ने काम पनि गर्नु हुँदैन । कहिले पनि रोगको लक्षण र औषधीका लागि गुगलमा भर नपर्नुहोला । कुनै पनि यस्तो अवस्थामा डाक्टरलाई सम्पर्क गर्नुपर्दछ । रोगको तत्काल देखिएको लक्षणका आधारमा गुगलमा भेटिने औषधी सेवन गर्नु प्राणघातक पनि हुन सक्छ ।

५. स्टक मार्केट या लगानीसँग जोडिएका सल्लाह

स्टक मार्केट या लगानीमा सही सूचना पाइएन भने यसले दीर्घकालिन घाटा हुनसक्छ । त्यसैले यसबारेमा जानकारी लिन गुगलभन्दा विश्वसनीय साइटमा नै जानु राम्रो हुन्छ । गुगलमा आउने सूचनाका आधारमा कुनै कम्पनीका बारेमा राय बनाउनु राम्रो हुँदैन । लगानीका बारेमा विज्ञको सल्लाह लिनु राम्रो हुन्छ । तर गुगलमा आउने सूचनाका आधारमा लगानी गर्दा जोखिमपूर्ण हुनसक्छ ।

६. केही सरकारी वेबसाइटको जानकारी

बैंकिङ वेबसाइट जस्तै कर तिर्ने या ग्यास बुक गर्ने या यस्तै प्रकृतिका केही सरकारी साइट भने अट्याकर्सको निशानामा हुन्छन् । नेपालमा अहिले यस्तो समस्या नदेखिए पनि समयक्रमसँगै ह्याकरहरुले यस्तो गनर्लान भन्न सकिन्न । सोझै ठेगाना टाइप गरेर आधिकारिक साइटमा जानु राम्रो हुन्छ ।

७. सामाजिक सञ्जालका साइट

सामाजिक सञ्जालमा लग इन गर्नु छ भने सोझै त्यो साइट नै खोलेर लग इन गर्नुहोस् । कहिले पनि गुगलमा सर्च गरेर उक्त साइटमा गएर लग इन नगर्नुहोस् । गुगलमा लग इन डिटेल्स राख्नु फिसिङ अट्याकमा पर्ने सम्भावना बढाउँछ । तपाईंको पासवर्ड र अरु डिटेल्स ह्याकर या स्क्यामर कहाँ पुग्न सक्छ ।

८. इ-कमर्स वेबसाइट

गुगलमा सपिङका लागि इ-कमर्स वेबसाइट पनि सर्च गर्नु हुँदैन । कतिपय नक्कली डिस्काउण्ट अफर देखाउने दर्जनौँ वेबसाइट रहेका हुन्छन् । यिनीहरुको उद्देश्य तपाईंलाई ठग्नु हो । त्यसैले विश्वसनीय इ कमर्स साइटमा मात्रै किनमेल गर्नु राम्रो हुन्छ । कतिपय मानिस सस्तो अफर देखेर ठगिएका उदाहरण थुप्रै छन् ।

९. फ्रि एन्टिभाइरस या सफ्टवेयर

इन्टरनेटका केही साइटहरुले आधिकारिक र सही प्रकारका यस्ता सफ्टवेयर डाउनलोड गर्ने सुविधा दिएका हुन्छन् । तर गुगलमा खोजेर कुनै पनि नचिनेको एन्टिभाइरस या सफ्टवेयर इन्स्टल नगर्नुहोला । कतिपय यस्ता सफ्टवेयर आफैमा भाइरस हुन सक्छन् । कतिपयले सिस्टमलाई ध्वस्त पार्न सक्छन् । सक्कली र नक्कली सफ्टवेयरमा फरक छुट्याउनु पनि कठिन काम हो । त्यसैले सतर्क रहनुहोला । जे समस्या हल गर्न सफ्टवेयर खोजिएको हो, त्यही समस्या बढाउने सफ्टवेयर कतिपयले राखेको देखिन्छ ।

१०. डिस्काउण्ट कुपन कोड

यदि सपिङ साइट या ऐपमा तपाईंले डिस्काउण्ड कुपन कोड पाइरहनु भएको छ भने त्यो राम्रो हो । तर यस्तो कोड खोज्न गुगलको सहायता लिनु घातक हुन सक्छ । दर्जनौँ नक्कली साइटहरुमा तपाईंले यस्ता नक्कली कुपन कोडहरु पाइन सक्नु हुनेछ । यसबाट तपाईंको बैंकसम्बन्धी सम्पूर्ण जानकारी स्क्यामर कहाँ पुग्न सक्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १ : २७ बजे

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना पनि राखिने

काठमाडौं – आउँदो वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेशस्तरीय योजना

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन