किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने « Khabarhub

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई मंगलबार हिउँदे जै घाँसको बीउ वितरण गरिएको छ ।

पशु सेवा कार्यालय, काभ्रेपलाञ्चोकले दुवै सहकारी संस्थाका किसानलाई ५०० किलोग्राम जै घाँसको बीउ वितरण गरेको हो । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई ३०० र देउराली दुग्ध उत्पादक सहकारीलाई २०० किलोग्राम बीउ उपलब्ध गराइएको छ । किसानलाई प्रतिव्यक्ति पाँच किलोग्रामका दरले बीउ वितरण गरिएको हो ।

पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. ब्रजकिशोर ठाकुरका अनुसार कार्यालयमा जै घाँसको दुई हजार ५०० किलोग्राम बीउ मौज्दात रहेकामा यसअघि कार्यालयबाटै ५०० किलोग्राम वितरण गरिएको थियो ।

थप ५०० किलोग्राम वितरण गरिएसँगै हालसम्म एक हजार किलोग्राम बीउ वितरण भएको उनले बताए। किसानको मागअनुसार बीउ वितरण गरिने उल्लेख गर्दै उनले आवश्यक परे सहकारीले थप बीउ खरिद गरेर पनि किसानलाई वितरण गर्न सक्ने बताए।

दूध उत्पादनका लागि पशुपालन गर्दै आएका किसानलाई हिउँदमा हरियो घाँसको अभाव हुन नदिन बीउ वितरण गरिएको ठाकुरले बताए। 

जै घाँसबाट एकै सिजनमा तीनदेखि चारपटकसम्म उत्पादन लिन सकिने भएकाले पशुलाई हरियो तथा पोषणयुक्त आहारा उपलब्ध गराउन र दूध उत्पादन बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

असोज–कात्तिक जै घाँस लगाउन उपयुक्त समय हो । प्रोटिनयुक्त जै घाँसले पशुको पोषणमा सुधार ल्याउनुका साथै दूध उत्पादन बढाउन सहयोग पुग्ने भएकाले किसानलाई प्रत्येक वर्ष यसको खेती गर्न उनले सुझाव दिइसकेको छन्  ।

सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विदुर कोइरालाका अनुसार सहकारीमा करिब एक हजार १०० सदस्य आबद्ध छन् । 

सहकारीमार्फत दैनिक दूध बिक्री गर्ने किसानको सङ्ख्या करिब ६०० रहेको उनले बताए। दैनिक दूध बिक्री गर्ने किसानको सङ्ख्या धेरै भएकाले कार्यालयबाट प्राप्त बीउ सबै किसानलाई वितरण गर्न पर्याप्त नभएको अध्यक्ष कोइरालाले बताए। 

सहकारीका सातवटा दूध संकलन शाखामार्फत सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले अन्य स्रोतबाट समेत जै घाँसको बीउ व्यवस्थापन गरी आफ्ना किसानलाई वितरण गर्ने योजना रहेको बताए।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १ : ०३ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा