माइतीघरमा चिकित्सा शिक्षाका विद्यार्थीको प्रदर्शन « Khabarhub

माइतीघरमा चिकित्सा शिक्षाका विद्यार्थीको प्रदर्शन


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बढी लिइएको शुल्क फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन् ।

चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थीहरु शुल्क फिर्ताको माग राख्दै आन्दोलित भएका छन् ।

यसअघि उनीहरुले सम्बन्धित कलेज तथा जिल्लास्थित प्रशासनमा कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताका लागि दबाव दिए पनि सुनुवाई नभएपछि राजधानी केन्द्रीत आन्दोलन थालेका हुन् ।

विद्यार्थीहरुले मेडिकल माफियालाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ३ : ४६ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर