अमेरिकी रिपोर्ट– भारतीय आतंकवादीको ‘मुख्य कार्यक्षेत्र’ बन्दै नेपाल ! « Khabarhub

अमेरिकी रिपोर्ट– भारतीय आतंकवादीको ‘मुख्य कार्यक्षेत्र’ बन्दै नेपाल !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिकाले आफ्नो एक अध्ययन प्रतिवेदनमा नेपालमा मुजाहिद्दीन आतंकवादको खतरा रहेको औंल्याएको छ ।

सन् २०१८ मा गरिएको आतंकवादी अध्ययन प्रतिवेदन (कन्ट्री रिपोर्ट अन् टेरोरिज्म २०१८) मा अमेरिकाले नेपालमा इन्डियन मुजाहिद्दीनबाट खतरा रहेको औंल्याएको हो ।

आतंकवादी संगठनबारे गरिएको विश्लेषणमा इन्डियन मुजाहिद्दीनले नेपालमा आफ्नो ‘अपरेशन एरिया’ विस्तार गरेको उल्लेख छ ।

‘इन्डियन मुजाहिद्दीन (आईएम)ले नेपालमा पनि आफ्नो अपरेशन क्षेत्र विस्तार गरेको छ, जुन आईएमका गतिविधिका लागि अहिले सबैभन्दा ठूलो क्षेत्र (हब) बनेको छ ।’

अमेरिकाले नेपालको सुरक्षा व्यवस्थाबारे विश्लेषण गर्दै जुनसुकै बेला पनि आतंकवादी आक्रमण हुनसक्ने उल्लेख गरेको छ ।

अमेरिकाले आफ्नो रिपोर्टमा लेखेको छ, ‘नेपालमा विमानस्थलको सुरक्षा व्यवस्था कमजोर र अपर्याप्त छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई प्रि–स्क्रिन गरिँदैन । विमानस्थलमा ल्याण्ड हुने यात्रुहरुको तथ्याङ्क कुनै पनि डाटाबेसमा राखिँदैन । यात्रुहरुको भौतिक जाँच गर्ने प्रणाली झारा टार्ने खालको मात्रै छ । ट्राभल डकुमेन्टहरुको सुरक्षा छैन, डकुमेन्टहरुको परीक्षणका लागि अल्ट्राभायोलेट लाइटको अभाव छ ।’

अमेरिकाले भारतसँगको खुला सीमामा पनि सुरक्षा व्यवस्थापन एकदमै कमजोर रहेको उल्लेख गरेको छ ।

‘१ हजार माइलको खुला सीमामा थोरै मात्रै चेक प्वाइन्टहरु छन्, त्यहाँ पनि पर्याप्त सुरक्षा नियन्त्रण छैन,’ अमेरिकाले आफ्नो रिपोर्टमा भनेको छ, ‘जस्तै एउटा चेक प्वाइन्टमा १ जना मात्रै अध्यागमन अधिकारी (इमिग्रेसन अफिसर) हुन्छन्, जसका कारण अधिकांश मानिसहरु विनाकुनै रोकावट र सुरक्षा जाँचविनै नेपाल प्रवेश गर्न र बाहिरिन सक्छन् ।’

अमेरिकाले सन् २०१८ भर नेपालमा कुनै आतंकवादी गतिविधि नभएको उल्लेख गरेको छ । यद्यपि, सन् २०१७ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका बेला केही ठाउँमा विप्लव समूहले स–साना बम विस्फोट गराएको घटनालाई अमेरिकाले प्रतिवेदनमा समेटेको छ ।

अमेरिकाले हरेक वर्ष विश्वमा आतंकवादको स्थितिबारे रिपोर्ट तयार पारी सार्वजनिक गर्ने गर्छ ।

हेर्नुहोस् पूर्ण प्रतिवेदन,

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ५७ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ