आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने « Khabarhub

आलमको अदालती बयान सकिएन, मंगलबार हिरासतमै रहने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान नसकिए पछि मंगलबार पनि उनलाई पुनः प्रहरी हिरासतमै फिर्ता पठाइएको छ ।

मंगलबार बिहान ११ः४५ बजेदेखि नै बयान प्रक्रिया शुरु गरिएको भएपनि पटक पटक रोकिएका कारण मंगलबार बयान प्रक्रिया विषयवस्तुमै प्रवेश नगरी सकिएको हो ।

मंगलबारको अदालती समय सकिएका कारण बुधबार बयान हुने गरी आलमलाई पुनः हिरासतमै पठाइएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

आलम पक्षका कानून व्यवसायीहरुले आफूहरुले अभियोग पत्र र मुद्दासँग सम्बन्धित मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै बयान स्थगित गर्न माग गरेका थिए ।

पछि, ८३३ पृष्ठको मिसिल र ३९ पृष्ठको अभियोग पत्रको फोटोकपी गरेर आलमका कानून व्यवसायीलाई उपलब्ध गराइएको थियो ।

आलमका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल पाएपछि दिउँसो ३ बजेर २० मिनेटबाट पुनः बयान लिन थालिएको थियो ।

बयानको शुरुवाती चरणमा जिल्ला न्यायाधीश दीपक ढकालले आलमको परिचय र उनको पारिवारिक पृष्ठभूमिबारे मात्रै प्रश्न गरे ।

‘आज आलमको बयानले विषयबस्तुमा प्रवेश नै गर्न पाएन । उनको परिचय र पारिवारिक पृष्ठभूमिको विषय मात्रै रेकर्ड गर्न पाइयो,’ जिल्ला अदालत रौतहटका श्रेस्तेदार पराजुलीले भने, ‘बुधबार बिहान १० बजे उपस्थित गराउने गरी उनलाई पुनः प्रहरी हिरासतमा पठाइएको छ ।’

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानूनी रुपमा विस्फोटक पदार्थ ओसारपोसार तथा उत्पादन गरेको अभियोगमा सोमबार जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आलमसहितका १० जनाविरुद्ध अभियोग पत्र दायर गरेपनि अरु भने फरार छन् ।
सरकारी वकिलले आलमसहितका अभियुक्त विरुद्ध आजीवन काराबासको सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : २६ बजे

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र

विभेदको कुरा गर्छौँ सदनभित्रै विभेद भयो : हर्क साम्पाङ

काठमाडौं– प्रतिनिधि सभामा आफ्नो पार्टीलाई छोटो समय दिएकोमा श्रम संस्कृति

राष्ट्रिय हितमा सरकारलाई सहयोग हुने छ : सांसद आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले राष्ट्रिय हितको विषयमा सरकारलाई सहयोग

रवि र बालेनलाई वर्षमानले भने, ‘हामीले बहुमत सदुपयोग गर्न सकेनौँ, शिक्षा लिनू’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सरकारलाई रचनात्मक