संसद लगत्तै रास्वपा संसदीय दलको बैठक « Khabarhub

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । आजको बैठकले प्रतिनिधिसभाको सभामुख, उपसभामुख, संसदीय दलको नेता उपनेता, प्रमुख सचेतक र सचेतकको विषयलाई टुङ्ग्याउने देखिन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभामुखका लागि उपाध्यक्ष डोलप्रसाद डीपी अर्यालको नाम अगाडि आएको छ भने प्रमुख सचेतकका लागि महामन्त्री कवीन्द्र बुर्लाकोटीको नाम आएको छ । संसदीय दलको उपनेता र सचेतकको विषयमा भने अहिलेसम्म कुनै नेताले मुख खोल्न सकेका छैनन् ।

प्रतिनिधि सभाले २२ गते सभामुख र उपसभामुख चयन गर्ने तयारी गरेको छ । सभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिँदा उपसभामुख पद प्रतिपक्षीलाई दिइने व्यवस्था छ । पार्टीले उपसभामुख पद प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीमध्ये एकलाई दिने अवस्था देखिन्छ ।

आजको बैठकमा आगामी दिनमा सदनमा सांसदहरूको प्रस्तुतिको विषयमा पनि सामान्य छलफल हुने नेताहरु बताउँछन् ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ५ : २० बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली