सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस « Khabarhub

सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोज्योः कांग्रेस


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहमतिको राजनीतिलाई बिथोल्न खोजको आरोप लगाएको छ ।

प्रदेश प्रमुख बर्खास्त गरिएको विषयलाई लिएर कांग्रेसले सरकारको  कदम गलत भएको आरोप लगाएको हो ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले प्रदेश प्रमुखहरुकालई सरकारले हटाएर सहमतिको राजनीतिलाई बिथोल्न खोजेको निष्कर्ष निकालेको हो ।

संस्थापक प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर हटाउनु अशोभनीय भएको कांग्रेसको ठहर छ । संघीयता कार्यान्वयनका काम बाँकी रहेको अवस्थामा सरकाले यस्तो काम गर्नु गलत भएको कांग्रेसले बताएको छ ।

कांग्रेस विज्ञप्ति जारी गर्दै भनेको छ– ‘यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ । उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत हो ।’

यो पनि पढौं

प्रदेश प्रमुख बर्खास्त प्रकरणमा कांग्रेस नेता कसले के भने ?

 

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ४१ बजे

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर