उपनिर्वाचनमा समाजवादीसँग राजपाको तालमेल « Khabarhub

उपनिर्वाचनमा समाजवादीसँग राजपाको तालमेल


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

मंगलबार बबरमहलस्थित राजपा नेपालको केन्द्रीय कार्यालयमा संयोजक महन्थ ठाकुरको अध्यक्षतामा बसेको अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो ।

उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी पहल गर्ने निर्णय अध्यक्षमण्डलको बैठकले गरेको हो । यसअघि पनि प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राजपा नेपाल र तत्कालीन संघीय समाजवादी फोरम नेपालले प्रदेश २ मा चुनावी तालमेल गरेको थियो ।

सोही बैठकमा राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका २०७६ को दफा ६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’ भनी थप्ने निर्णयसमेत गरेको संयोजक ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : ४२ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि