१३औं सागको उद्घाटन अगावै तीन खेल शुरु हुने « Khabarhub

१३औं सागको उद्घाटन अगावै तीन खेल शुरु हुने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आउँदो १५ गतेबाट शुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत प्रतियोगिता अगावै तीन वटा खेल हुने भएको छ ।

उद्घाटनअघि भलिबल, उसु र प्याराग्लाइडिङका खेल शुरू हुनेछन् । उक्त खेलहरु काठमाडौं, ललितपुर र पोखरामा खेलाइने जनाइएको छ ।

भलिबल ११ मंसीरबाट, उसु १३ मंसीरबाट र प्याराग्लाइडिङ १४ मंसीरबाट शुरू हुनेछ। भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ।

उसु ललितपुरको लगनखेलस्थित आर्मी फिजिकल एण्ड ट्रेनिङ सेन्टरमा हुनेछ। प्याराग्लाइडिङ भने पोखरामा हुनेछ।

१३औं सागको उद्घाटन र समापन त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ । २४ गतेसम्म हुने खेल काठमाडौं, पोखरा र जनकपुरमा खेलाइनेछन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ९ : १२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका