राष्ट्रिय महिला भलिबल टोलीको घोषणा « Khabarhub

राष्ट्रिय महिला भलिबल टोलीको घोषणा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनशिपका लागि राष्ट्रिय महिला भलिबल टोलीको घोषणा गरेको छ ।

कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोलीको घोषणा गरिएको हो । बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट नेपालले सेन्ट्रल जोनका लागि १२ खेलाडी छनोट गरेको हो ।

थाइल्यान्ड भ्रमणको दौरान गरेको प्रदर्शनका आधारमा टोलीको छनोट गरिएको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

छनोट गरिएका अन्य खेलाडीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र तुर्कमेनिस्तानको सहभागिता रहने छ । सङ्घले नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीलाई थाइल्यान्डमा १९ दिन प्रशिक्षणका लागि पठाएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको