राजपाले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने « Khabarhub

राजपाले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मङ्सिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

राजपाको केन्द्रीय कार्यालय बबरमहलमा आज भएको बैठकले उपनिर्वाचनका लागि समाजवादीसँग चुनावी तालमेलका लागि अविलम्ब वार्ता गरी पहल थाल्ने निर्णय गरेको हो ।

उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरियो’, अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पार्टीबीच पार्टी एकीकरणबारे पछिल्लो समय चर्चा र बहस हुने गरे पनि नेताहरुबीच औपचारिक छलफल हुनसकेको छैन । अनौपचारिक रुपमा पार्टी एकताका सन्दर्भमा छलफल चलिरहेको राजपाका एक नेताले जानकारी दिए ।

बैठकले राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका, २०७६ को दफा–६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’, भनी थप्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ०७ बजे

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले