मुलुक समाजवादमा प्रवेशः गृहमन्त्री थापा « Khabarhub

मुलुक समाजवादमा प्रवेशः गृहमन्त्री थापा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- गृहमन्त्री रामबहादुर थापाले देश समाजवादमा प्रवेश गरेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्यसमेत रहेका थापाले आज नेकपा रुपन्देहीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राजनीतिक अधिकारका लागि लामो सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएकाले राजनीतिक कार्यदिशा पूरा भएको बताए ।

गृहमन्त्री थापाले राजनीतिक परिवर्तनपछि समाजवाद स्थापनाका लागि मुलुकको समृद्धि मुख्य मुद्दा बनेको बताए । उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउन सरकार विकासका पूर्वाधार निर्माणमा लागिपरेको बताए ।

यसअघि गृहमन्त्री थापाले बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रदेश नं ५ भारतीय सीमासम्म जोडिएकाले सुरक्षा संवेदनशीलतामा ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

यस्तै प्रदेशका केही जिल्लामा सामाजिक सद्भाव बिथोल्ने प्रयत्न भइरहेकाले त्यसप्रति प्रशासनिक तथा सुरक्षा निकायले ध्यान पु¥याउनुपर्नेमा उनले जोड दिए ।  विभिन्न आन्दोलनका नाममा भइरहेका विभिन्न खाले गतिविधिमा समेत गम्भीरतापूर्वक ध्यान पु¥याउन उनले निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १० : ४२ बजे

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

एजेन्सी– इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरम

काठमाडौं- प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा नेकपा एमालेबाहकेका प्रतिपक्षी नरम

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा