अस्पतालले पाएको ८ करोडको मेसिन ३ वर्षदेखि स्टोरमै « Khabarhub

अस्पतालले पाएको ८ करोडको मेसिन ३ वर्षदेखि स्टोरमै


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारी अस्पतालले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएको नयाँ पत्रिकामा खबरछ । भारतले अस्पताललाई दिएको ८ करोडको मेसिन ३ महिनादेखि स्टोरमै शीर्षकको समाचारमा भारतीय सहयोगको ट्रमा सेन्टर शिलान्यास भएको १२ वर्षमा निर्माण सम्पन्न भयो । १७ वर्षमा उद्घाटन भयो । तर, मुटुको उपचार गर्न सेन्टरलाई भारतले नै दिएको क्याथ ल्याब तीन वर्षदेखि स्टोरमा थन्किएको छ । यो खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको छ ।

क्यान्सरको उपचार गर्न ४० करोडमा खरिद गरिएको अत्याधुनिक मेसिन वीर अस्पतालमा जडान हुन सकेको छैन् । यो पनि चार महिनादेखि सशस्त्र प्रहरीको गोदाममै छ । चार वर्षअघि सञ्चालनमा आएको ट्रमा सेन्टरमा सिटी स्क्इान मेसिन बिग्रिएको अढाई वर्ष भयो । ६ महिनादेखि इमर्जेन्सीको एक्सरे पनि बिग्रिएको छ । घाइतेलाई अस्पताल ल्याउनासाथ निजीतिर पठाइन्छ । त्यस्तै ट्रमा सेन्टरका निमित्त निर्देशक डा विनोद शेरचनका अनुसार इमर्जेन्सी एक्सरे ६ महिनादेखि नै बन्द छ ।

श्रीमतीलाई भान्से राखेर तलब खुवाएका उपमेयरले फिर्ता गरे ९६ हजार शीर्षकको समाचारमा सरकारी रकमले निजी घर रंग्याउने र सालीलाई भान्से राख्ने मेयर छत्रपति प्याकुरेलले जानी नजानी भएका गल्ती र कमिकमजोरीलाई सच्याउँदै अघि बढ्ने बताएका छन् । त्यस्तै फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से बनाएर खुवाएको तलब फिर्ता गरेका छन् ।

त्यस्तै १८ निकायका कर्मचारीलाई फेरि अतिरिक्त भत्ता बाँडिएको, मजदुरका नाममा कम्पनी खोलेर १ अर्ब ७५ करोड कर छली गरेको, ५ सय फर्मले ३ अर्बभन्दा बढी राजश्व छलेको शंका गरिएको लगायतका खबर मुख्य रुपमा छापिएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : २१ बजे

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको मृत्यु

नयाँदिल्ली– भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा

एमालेले भन्यो : सञ्चारगृहमा गाडी राखेर अवरोध लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको प्रहार

काठमाडौं – नेकपा (एमाले) कान्तिपुर र अनलाइनखबरसहितका सञ्चारमाध्यमअगाडि गाडी तेर्स्याएर

गृहमन्त्रीले भेट्न नमानेपछि सिंहदरबार गेटमै धर्ना बसे बिनु र निहारिका (तस्बिरहरू)

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर