राष्ट्रपति २६ फागुनमा अमेरिका जाने « Khabarhub

राष्ट्रपति २६ फागुनमा अमेरिका जाने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २६ गते अमेरिका जाने भएकी छन् । उनी अमेरिका भ्रमणका क्रममा ५ दिन बस्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघको महिला सशक्तीकरण विषयमा हुने विशेष सत्रमा सहभागि हुनका लागि राष्ट्रपति त्यसतर्फ जान लागेकी हुन् । उक्त विशेष सत्रमा राष्ट्रपति भण्डारीले फागनु २८ गते सम्बोधन गर्ने कार्यतालिका छ ।

अमेरिकाको न्यूर्योकमा हुने उक्त सभामा राष्ट्रपति भण्डारीले ‘महिला नेतृत्वले विश्वलाई कसरी परिवर्तन गर्नसक्छन्’ भन्ने विषयमा आफ्नो धारणा राख्ने छिन् ।

राष्ट्रपति भण्डारीसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, परराष्ट्र सचिव शंकरदार वैरागी, राष्ट्रपति कार्यालयका परराष्ट्रविज्ञलगायतको टोली अमेरिका जाने छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ७ : ३४ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ