विप्लव समूहको गतिविधिप्रति सरकार गम्भीर « Khabarhub

विप्लव समूहको गतिविधिप्रति सरकार गम्भीर


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाएको विष्फोटन र ध्वंसात्मक गतिविधिले सरकार गम्भिर भएको छ ।

सरकारले विप्लव नेतृत्वको समूहले गरिरहेको विध्वसांत्मक कामलाई नजिकबाट हेरिरहेको भन्दै गृहमन्त्री रामबहादुर थापाले यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

सुरक्षा गोष्ठीमा सहभागि हुन धनगढी पुगेका गृहमन्त्री थापाले संघीय संसदमा संघीय प्रहरी र प्रदेश प्रहरीसम्बन्धी कानून निमार्णको अन्तिम तयारी भइरहेको जानकारी दिए।

मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरे ।

छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने भन्दै गृहमन्त्री थापाले घटना भएको शुरुको लापर्वाहीका कारण जटिलता पैदा भएको मन्त्री थापाले बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : ३५ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर