ग्यास उद्योगीले पिडिओ खरीद गरे, आजबाट ग्यासको बिक्री वितरण सहज  « Khabarhub

ग्यास उद्योगीले पिडिओ खरीद गरे, आजबाट ग्यासको बिक्री वितरण सहज 


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले आजदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् ।

निमगसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन् ।

निगम र उद्योगीबीच मङ्गलबार एलपी ग्यासको पिडिओ खरीद गरी ग्यासको बिक्री वितरण सहज बनाउने समझदारी भएको थियो । एलपिजीलगायत पेट्रोलियम पदार्थको व्यवस्थापन तथा समग्र सुधारको मार्गचित्र तय गर्न एक उच्चस्तरीय समिति गठन गर्ने समझदारी भएको छ ।

व्यवसायीले पिडिओ खरीद नगर्दा ग्यासको आयात बन्द भएको थियो । आयात ठप्प भएपछि बजारमा ग्यासको असन्तुलन देखिएको थियो । हाल नेपालमा ५९ वटा ग्यास उद्योग रहेका छन् । ती उद्योगले भारतका पारादिप, हल्दिया, बरौनी र मथुरामा रहेको रिफाइनरीबाट ग्यास लोड गर्दै आएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १२ : १९ बजे

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी

गोसाइँकुण्डमा बरफ जमेपछि सावधानी अपनाउन आग्रह

रसुवा – रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड क्षेत्रमा बढेको चिसोका कारण