रेशम चौधरीलाई जन्मकैदको सजाय « Khabarhub

रेशम चौधरीलाई जन्मकैदको सजाय


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– टीकापुर हत्याकाण्डका अभियुक्त तथा निलम्बित सांसद रेशमलाल चौधरीले जन्मकैदको सजाय पाएका छन् ।

कैलाली जिल्ला अदालतले टीकापुर हत्यकाण्डको मुद्दामा फैसला सुनाउँदै चौधरीलाई जन्मकैदको सजाय हुने ठहर गरेको हो ।

जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय हुने ठहर गरेको हो ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशले रेशम चौधरीसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृज मोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सिताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्मकैदको फैसला सुनाएको छ ।

जन्मकैदको फैसला सुनाइएकामध्ये श्रवण चौधरी नावालक रहेकाले उनलाई १० वर्ष कैद सजाय हुने अदालतले ठहर गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १ : ४७ बजे

वडा अधिवेशन सुरु हुनै लाग्दा समेत शेरबहादुर-गगन संवादहीनता कायमै, दुवै पक्षका आ-आफ्नै अडान

काठमाडौं- गत वर्ष जेन-जी आन्दोलन भएदेखि नेपाली कांग्रेस बिरामी परेको

स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले स्रोत नखुलेको ३४ लाख ९५ हजार नगदसहित दुई

नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारी सुदृढ गर्न अर्थमन्त्री वाग्लेको जोड

नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा