को हुन् जन्मकैद पाउने निलम्बित ‘सांसद’ रेशम चौधरी ? « Khabarhub

को हुन् जन्मकैद पाउने निलम्बित ‘सांसद’ रेशम चौधरी ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टिकापुर हत्याकाण्डका अभियुक्त तथा निलम्बित सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले चौधरीलाई टिकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

२०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारु आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

को हुन् चौधरी ?

कैलाली जिल्लाको साविकको देगौली गाविसमा २०३४ साल असोज २१ गते रेशम चौधरीको जन्म भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका चौधरी थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधानसम्पादक रहेका थिए ।

साहित्यमा समेत दख्खल राख्ने चौधरीले रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारितासमेत गरेका थिए ।

बर्दियामा फूलबारी एफएफ समेत सञ्चालन गरेका चौधरीको टीकापुर घटनाका क्रममा एफएममा आगजनी भएको थियो । घटनामा भएको क्षतिको उनले १ करोड ७४ लाख क्षतिपूर्ति पाएका थिए ।

कैलाली घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरिरहेकै बेला चौधरीले संसद्को चुनावमा भाग लिएर विजयी भएका थिए।

कैलाली क्षेत्र नम्बर १ बाज राजपाका सांसदका उम्मेदवार बनेका चौधरी अत्याधिक मतसहित सांसद पदमा विजयी भएका थिए ।

चुनाव जितेपछि उनले प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर, सर्वोच्चले रिट खारेज गरेपछि उनले अदालतमा आत्मसमर्पण गरेका थिए ।

डिल्लिबजार कारागारमा रहेको अवस्थामा नै सांसद चौधरीले सांसद पदको शपथ लिएका थिए ।

शपथपछि पनि जेलमै रहेका चौधरीलाई अदालतले बुधबार जन्मकैदको फैसला गरेको हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  २ : २२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन