के होला त रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ मा कहानी ? | Khabarhub Khabarhub

के होला त रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ मा कहानी ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – निर्देशक अयान मुखर्जीको प्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’ को आधिकारिक लोगो रिलिज गरिएको छ । फिल्ममा आलिया भट्ट, रणवीर कपूर र अमिताभ बच्चनको मुख्य भूमिका छ ।

यो फिल्मको लोगोलाई महाशिवरात्रिको मौका पारेर फिल्म टिमले सार्वजनिक गरेको हो ।

शिवरात्रिको अवसर पारेर गरिएको इभेन्टलाई धर्मा प्रोडक्सनको फेसबूक पेजबाट पनि लाइभ टेलिकास्ट गरिएको थियो । फिल्मकी नायिका आलिया भट्टले पनि लोगो शेयर गरिन् ।

आलियाले ट्वीटरमा लोगो शेयर गर्दै लेखिन्, ‘पूरै अस्त्रका देवता – ब्रह्मास्त्र, अहिले यसको अफिसियल लोगो हेर्नुस् ।’

४२ सेकेन्डको उक्त मोसन लोगोमा ‘ब्रह्मास्त्र’ लाई अस्त्रहरुको अस्त्रका रुपमा परिभाषित गरिएको छ ।

यो फिल्मलाई तीन भागमा रिलिज गरिनेछ । क्रिसमसको मौका पारेर रिलिज हुनेछ । फिल्ममा मुख्य कलाकारका नाम चाहिँ शिव र ईशा छ । अयान मुखर्जीले निर्देशन गरेको यो फिल्मलाई धर्मा प्रोडक्सनले निर्माण गरेको हो ।

फिल्ममा सुपरनेचुरल रोमान्टिक कहानी देख्न सकिनेछ । फिल्मको कथाको भगवान् शिवसँग खास कनेक्सन भएको बताइएको छ । जसका कारण फिल्मको लोगोलाई शिवरात्रिको अवसर पारेर रिलिज गरिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ४ : ५१ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका