के होला त रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ मा कहानी ? « Khabarhub

के होला त रणवीर र आलियाको ‘ब्रह्मास्त्र’ मा कहानी ?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – निर्देशक अयान मुखर्जीको प्रतीक्षित फिल्म ‘ब्रह्मास्त्र’ को आधिकारिक लोगो रिलिज गरिएको छ । फिल्ममा आलिया भट्ट, रणवीर कपूर र अमिताभ बच्चनको मुख्य भूमिका छ ।

यो फिल्मको लोगोलाई महाशिवरात्रिको मौका पारेर फिल्म टिमले सार्वजनिक गरेको हो ।

शिवरात्रिको अवसर पारेर गरिएको इभेन्टलाई धर्मा प्रोडक्सनको फेसबूक पेजबाट पनि लाइभ टेलिकास्ट गरिएको थियो । फिल्मकी नायिका आलिया भट्टले पनि लोगो शेयर गरिन् ।

आलियाले ट्वीटरमा लोगो शेयर गर्दै लेखिन्, ‘पूरै अस्त्रका देवता – ब्रह्मास्त्र, अहिले यसको अफिसियल लोगो हेर्नुस् ।’

४२ सेकेन्डको उक्त मोसन लोगोमा ‘ब्रह्मास्त्र’ लाई अस्त्रहरुको अस्त्रका रुपमा परिभाषित गरिएको छ ।

यो फिल्मलाई तीन भागमा रिलिज गरिनेछ । क्रिसमसको मौका पारेर रिलिज हुनेछ । फिल्ममा मुख्य कलाकारका नाम चाहिँ शिव र ईशा छ । अयान मुखर्जीले निर्देशन गरेको यो फिल्मलाई धर्मा प्रोडक्सनले निर्माण गरेको हो ।

फिल्ममा सुपरनेचुरल रोमान्टिक कहानी देख्न सकिनेछ । फिल्मको कथाको भगवान् शिवसँग खास कनेक्सन भएको बताइएको छ । जसका कारण फिल्मको लोगोलाई शिवरात्रिको अवसर पारेर रिलिज गरिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ४ : ५१ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७