पाकिस्तानमाथि आक्रमणको भारतीय दाबी अपुष्ट भएको खुलासा « Khabarhub

पाकिस्तानमाथि आक्रमणको भारतीय दाबी अपुष्ट भएको खुलासा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा गरेको भनिएको हवाई आक्रमणले आतंकवादी समूह जैश–ए–मोहम्मदले सञ्चालन गरेको धार्मिक विद्यालय मदरसामा कुनै क्षति नपुगेको देखिएको छ । प्लानेट ल्याब्स नामक अमेरिकी संस्थाले सार्वजनिक गरेको भू उपग्रह तस्बीरमा बालाकोटमा जैश–ए–मोहम्मदले सञ्चालन गरेको मदरसा जस्ताको त्यस्तै रहेको रोयटर्सले जनाएको छ ।

प्लानेट ल्याब्सले भारतीय वायुसेनाले हवाई आक्रमण गरेको भनिएको दिन २६ फेब्रुअरी बाट ६ दिन पछि मार्च ५ मा खिचेको भू उपग्रह तस्बीरमा बालाकोटको मदरसाका ६ भवनमा कुनै प्रकारको क्षति पुगेको देखिएको छैन । प्लानेट ल्याब्सले हालै सार्वजनिक गरेको तस्बीरलाई गत अप्रिलमा खिचिएको सोही स्थानको तस्बीरसँग तुलना गर्दा कुनै फरक नदेखिएको रोयटर्सले जनाएको छ ।

मदरसाका ६ भवनमध्ये कुनै पनि भवनको छानो, पर्खाल वा मैदानमा क्षतिको कुनै सङ्केत नदेखिएको जनाइएको छ । त्यस आसपासका रुखमा पनि कुनै प्रत्यक्ष क्षति पुगेको सङ्केत नदेखिएको रोयटर्सले जनाएको छ । यसअघि भारत सरकारले पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो । भारतीय वायुसेनाले पनि जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गरी गरिएको आक्रमण सफल भएको जनाएको थियो ।

पाकिस्तानली अधिकारीले भने भारतको हवाई आक्रमणमा केही रुखमाबाहेक कुनै क्षति नपुगेको भन्दै भारतीय दाबीको खण्डन गर्दै आएका छन् । तर, नयाँ सार्वजनिक तस्बीरले भने भारतीय अधिकारीको त्यस दाबीमाथि आशंका उब्जाउन सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : १९ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण