पाकिस्तानमाथि आक्रमणको भारतीय दाबी अपुष्ट भएको खुलासा « Khabarhub

पाकिस्तानमाथि आक्रमणको भारतीय दाबी अपुष्ट भएको खुलासा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा गरेको भनिएको हवाई आक्रमणले आतंकवादी समूह जैश–ए–मोहम्मदले सञ्चालन गरेको धार्मिक विद्यालय मदरसामा कुनै क्षति नपुगेको देखिएको छ । प्लानेट ल्याब्स नामक अमेरिकी संस्थाले सार्वजनिक गरेको भू उपग्रह तस्बीरमा बालाकोटमा जैश–ए–मोहम्मदले सञ्चालन गरेको मदरसा जस्ताको त्यस्तै रहेको रोयटर्सले जनाएको छ ।

प्लानेट ल्याब्सले भारतीय वायुसेनाले हवाई आक्रमण गरेको भनिएको दिन २६ फेब्रुअरी बाट ६ दिन पछि मार्च ५ मा खिचेको भू उपग्रह तस्बीरमा बालाकोटको मदरसाका ६ भवनमा कुनै प्रकारको क्षति पुगेको देखिएको छैन । प्लानेट ल्याब्सले हालै सार्वजनिक गरेको तस्बीरलाई गत अप्रिलमा खिचिएको सोही स्थानको तस्बीरसँग तुलना गर्दा कुनै फरक नदेखिएको रोयटर्सले जनाएको छ ।

मदरसाका ६ भवनमध्ये कुनै पनि भवनको छानो, पर्खाल वा मैदानमा क्षतिको कुनै सङ्केत नदेखिएको जनाइएको छ । त्यस आसपासका रुखमा पनि कुनै प्रत्यक्ष क्षति पुगेको सङ्केत नदेखिएको रोयटर्सले जनाएको छ । यसअघि भारत सरकारले पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गरी आक्रमण गरेको जनाएको थियो । भारतीय वायुसेनाले पनि जैश–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गरी गरिएको आक्रमण सफल भएको जनाएको थियो ।

पाकिस्तानली अधिकारीले भने भारतको हवाई आक्रमणमा केही रुखमाबाहेक कुनै क्षति नपुगेको भन्दै भारतीय दाबीको खण्डन गर्दै आएका छन् । तर, नयाँ सार्वजनिक तस्बीरले भने भारतीय अधिकारीको त्यस दाबीमाथि आशंका उब्जाउन सक्ने आकलन गरिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : १९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको