उत्तर कोरियाद्वारा सोहे प्रक्षेपण केन्द्र पुनः मर्मत « Khabarhub

उत्तर कोरियाद्वारा सोहे प्रक्षेपण केन्द्र पुनः मर्मत


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले यसअघि भत्काएको भनिएको सोहे यान प्रक्षेपण केन्द्र पुनः मर्मत गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको शिखर वार्ताको ठिक दुई दिनपछि डिजिटल ग्लोब नामक संस्थाले खिचेको भनिएको भू–उपग्रह तस्बीरमा उत्तर कोरियाको सोहे यान प्रक्षेपण केन्द्र मर्मत गरिएको र अर्को संभावित प्रक्षेपणका लागि तयार अवस्थामा राखिएको देखिएको छ ।

यसअघि गतवर्ष उत्तर कोरियाले अमेरिकासँग विश्वासको वातावरण बनाउनका लागि भन्दै सोहे प्रक्षेपण केन्द्र भत्काउन शुरु गरिएको जनाएको थियो । पछिल्ला केही समययता विभिन्न अमेरिकी थिङ्क ट्याङ्कहरुले उत्तर कोरियाले सोहे प्रक्षेपण केन्द्रलाई मर्मत गरिरहेको बताउँदै आएका थिए ।

टोङचाङ रि क्षेत्रमा रहेको सोहे प्रक्षेपण केन्द्र सन् २०१२ यता उत्तर कोरियाको सबैभन्दा ठूलो अन्तरिक्ष यान प्रक्षेपण केन्द्रको रुपमा रहँदै आएको छ । त्यसबाहेक त्यहाँ अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्रमा प्रयोग हुने इन्जिनको पनि परीक्षण हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि उत्तर कोरियाले त्यहाँबाट उन्हा अन्तरिक्षययान प्रक्षेपण गरेपनि हालसम्म एकपटक पनि ब्यालिष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ३२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै