एनसीसी बैंकले आरिफ र रोहितलाई मासिक २५ हजार दिने « Khabarhub

एनसीसी बैंकले आरिफ र रोहितलाई मासिक २५ हजार दिने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी आरिफ शेख र रोहित कुमार पौडेललाई नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आफ्नो सद्भावना दूत बनाएको छ ।

बुधबार बैंकले राजधानीमा पत्रकार सम्मेलन गरि बैंकले क्रिकेट खेलाडीलाई २ वर्षका लागि सद्भावना दूत बनाएको जानकारी दिएको हो ।

सद्भावना दूत घोषित युवा खेलाडीले बैंकमार्फत् मासिक २५ हजार रुपैयाँ पाउने बैंकका सिईओ रमेशराज अर्यालले बताए । नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफतलासँगै खेलाडीहरु विभिन्न बैंकको सद्भावना दूत घोषणा भइरहँदा आरिफ र रोहित एनसीसीसँग आवद्ध भएका हुन् ।

बैंकको सेवा विस्तारको क्रमलाई निरन्तरता दिनेक्रममा खेलाडीहरुलाई सद्भावना दूत बनाएको र उनीको पनि साथ र सहयोग मिल्ने सिईओ अर्यालले जनाए ।

सद्भावना दूत भएका आरिफ र रोहितले आफूहरुलाई बैंकले दिएको अवसर प्रति धन्यवाद दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ३६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,