जापानले नेपालबाट दक्ष कामदार मात्र लैजाने, प्राथमिकतामा नर्स र केयर गिभर | Khabarhub Khabarhub

जापानले नेपालबाट दक्ष कामदार मात्र लैजाने, प्राथमिकतामा नर्स र केयर गिभर


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र जापान सरकारबीच सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्न विषय अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत नै जापान रोजगारीका लागि नेपाली कामदार पठाउने गरि संरचना निर्माण र छलफल भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नेपाली श्रमिक जापानमा नयाँ सम्झौता गरेर पठाउनका लागि मन्त्रालयले पहल र अनौपचारिक छलफल गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार शाखा प्रमुख डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

रोजगारीका लागि नेपाली श्रमिक लिन जापान सरकार सकारात्मक नै देखिएको छ । तर, नेपालसँग भएका पछिल्ला विभिन्न छलफलमा जापानका प्रतिनिधिले दक्ष र अर्धदक्ष कामदार लिने बताउँदै आएको उनले बताए । ‘श्रमिक आदानप्रदान गर्ने मुख्य विषयमा दुई देशबीच सरकारीस्तरमै अनौपचारिक सहमति भइसकेको छ । तर, हाल बजारमा हल्ला भएजस्तो जापानले नेपालबाट जस्तो सूकै कामदार पहिलो चरणमा लिंदैन’ उनले भने, ‘जापानले नेपालबाट श्रम सम्झौता गरेर पहिलो चरणमा दक्ष, सिप भएका र कम्तिमा भाषा ज्ञान भएका कामदार लिने प्रस्ताव गरेको छ ।’

गत जनवरीमा काठमाडौंमा भएको नेपाल–जापान संयुक्त प्राविधिक समितिको बैठकमा नेपालले गरेको प्रस्तावमाथि जापान एक किसिमको सहमति भइसकेको मन्त्रालयले जानकारी दिएको छ । जसमा जापान सरकारले दक्ष नर्स र अनुभवी केयर गिभरमा लिने प्रस्ताव गरेको मन्त्रालयले जनाएको छ ।

भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोटलागत अन्य विषयमा जापान सरकारसँग समझदारी भएपछि मात्रै कसरी श्रमिक आपूर्ति गर्न भने विषय प्रष्ट हुने सहसचिव डा.घिमिरेले जानकारी दिए । जापानले पठाएको प्रस्तावमा नेपाली कामदारलाई दिन सकिने सेवा सुविधाबारे पनि उल्लेख भएको श्रम मन्त्रालयको भनाइ छ ।

नेपालबाट नर्स र केयर गिभर प्रथामिकतामा

जापान सरकारले विभिन्न १४ क्षेत्रमा आप्रवासी कामदार रोजगारीमा लिँदै आएको छ । जापानले नर्सिङ, केयर गिभर, सुरक्षा गार्ड, उत्पादनमुलक उद्योग, सूचना प्रविधि, होटल, व्यबसाय, पर्यटन शिक्षा , कृषि, माछापालन, समुद्र, खाद्य लगायत क्षेत्रमा विदेशी कामदार आपूर्ति गदै आएको छ । जसमा सन् २०१९ भित्र नेपालबाट नर्स र अन्य केही क्षेत्रमा दक्ष कामदार लिने जापान सरकारले प्रवस्ताव गरेको श्रम मन्त्रालयले जनाएको छ ।

कस्ता कामदार लिने भनेर जापान सरकारले प्रष्ट नखुलाएको मन्त्रालयले जानकारी दिएको छ । जापानको प्रथामिकतामा दक्ष र भाषामा ज्ञान भएका श्रमिक मात्र पर्ने मन्त्रालयको भनाइ छ ।

हल्लाका पछि नलाग्न मन्त्रालयको आग्रह 

जापानको रोजगारी खुल्ने टुंगो नै नलागी शैक्षिक परार्मश केन्द्र(कन्सल्टेन्सी)ले हल्ला फैलाएर भाषा अध्यापनका नाममा विद्यार्थीसँग मनपरी शुल्क लिन थालेका छन् । जापानको रोजगारी नेपाली युवाहरुका लागि आर्कषक गन्तव्य मुलुक भन्दै विज्ञापन गरेर विकृति नै फलाइरहेका बेला श्रम मन्त्रालयले भने हल्लाका पछि लागेर नफस्न युवालाई आग्रह गरेको छ । विद्यार्थी भिसामा र कामदार भिसामा जाने नेपालीहरुले मासिक ३ देखि ४ लाख कमाइ गर्दै आएका छन् । प्रतिव्यक्ति ४० हजारसम्म भाषा अध्ययनका नाममा केन्द्रले उठाउँदै आएका छन् ।

जापान सरकारले आप्रवासी कामदारका लागि नयाँ नीति ल्याएसँगै नेपालबाट पनि वार्षिक ४० हजार कामदार पठाउने गरी जापान सरकारसँग सम्झौता भएको भन्दै केन्द्रले कमाउने माध्यमा बनाएका छन् । जापान रोजगारीका लागि नेपाली श्रमिकहरु म्यानपारमार्फत लैजाने भन्दै यसअघि वैदेशिक रोजगार व्यबसायी संघले सूचना जारी गरेको थियो ।

यस्तो सूचना हल्ला मचाएर विकृति फैलाउन खोजेको मन्त्रालयका सहसचिव घिमिरेले बताए । जापान सरकारसँग चरणबद्ध छलफल भइरहेको छ । औपाचारिक निर्णय नभएसम्म हल्लाका पछि लागेर पैसा नफसाउन युवालाई मन्त्रालयले आग्रह गरेको उनको भनाइ छ ।

जापानले पाँच वर्षको अवधिमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । दोस्रो विश्वयुद्धपछि जापानले पहिलोपटक आप्रवासी कामदारलाई खुला गरेको हो । ठूलो जनशक्ति पाको उमेरका भएका कारण जापानले विदेशी कामदार लैजान लागेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ५ : ५३ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार