२१ वर्षीया काइल जेनरले ताेडिन् जुकरबर्गको रेकर्ड « Khabarhub

२१ वर्षीया काइल जेनरले ताेडिन् जुकरबर्गको रेकर्ड


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– २१ वर्षीया काइल जेनर विश्वकै सबैभन्दा कान्छी अर्बपति बनेकी छिन् । अमेरिकाको फोब्र्स पत्रिकाले सार्वजनिक गरेको अर्बपतिको सूचीमा रहेकी जेनर काइल कस्मेटिक्स नामक कम्पनीकी संस्थापक समेत हुन् ।

फोब्र्सका अनुसार जेनरको सम्पत्ति १ अर्ब २ करोड डलर छ । यसअघि सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्ग २३ वर्षको उमेरमा विश्वका सबैभन्दा कान्छा अर्बपति बनेका थिए ।

तर, २१ वर्षको उमेरमा अर्बपति बनेकी जेनरले जुकरबर्गको कीर्तिमान तोडेकी हुन् । काइलले स्थापना गरेको काइल कस्मटिक्सले हालै उल्टा ब्युटी नामक कम्पनीसँग साझेदारीको सम्झौता गरेपछि कम्पनी र काइलको व्यक्तिगत सम्पत्ति ह्वात्तै बढेको बताइन्छ । काइल अमेरिकी टेलिभिजनकर्मी किम कर्डशनकी सौतेनी बहिनी समेत हुन् ।

फोब्र्सको अर्बपतिको सूचीको शीषस्थानमा यस वर्षपनि अनलाइन खुद्रा कारोबार गर्ने कम्पनी अमेजनका संस्थापक जेफ बेजोस छन् उनको सम्पत्ति १ खर्ब ३१ अर्ब अमेरिकी डलर बराबर रहेको फोब्र्सले जनाएको छ । त्यस्तै फोब्र्सको अर्बपतिको सूचीको दोश्रो स्थानमा माइक्रोसफ्टका प्रमुख कार्यकारी बिल गेट्स छन् । बिल गेट्सको सम्पत्ति ९६ अर्ब ५० करोड डलरभन्दा धेरै छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ६ : २३ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि

आशिकाको माग- दसैँमा पशुमाथि हुने क्रूरता रोकौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् आशिका तामाङले दसैँमा पशुमाथि

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ