राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता « Khabarhub

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता भिडियो

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको राजपाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।

टीकापुर हत्याकाण्डको अभियोगमा सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजायको फैसला आएसँगै पार्टीको आकस्मिक बैठक बोलाइएको थियो । कैलाली जिल्ला अदालतले लक्ष्मण चौधरी, लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला समेत सुनाएको थियो ।

तर घटनामा संलग्न भएको अभियोगमा थुनामा रहेका नेता लक्ष्मण थारु सहित १५ जनालाई भने बुधबार रिहा गर्न उसले आदेश दिएको थियो । २०७२ भदौ ७ गते टीकापुरमा ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको अभियोग चौधरीलाई लागेको थियो । चौधरी २०७४ को प्रतिनिधि सभा चुनावमा कैलाली १ बाट सांसद निर्वाचत भएका थिए।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ७ : २३ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर