राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता « Khabarhub

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता भिडियो

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको राजपाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा उत्रिने निर्णय गरेको हो ।

टीकापुर हत्याकाण्डको अभियोगमा सांसद रेशमलाल चौधरीलाई जन्मकैद सजायको फैसला आएसँगै पार्टीको आकस्मिक बैठक बोलाइएको थियो । कैलाली जिल्ला अदालतले लक्ष्मण चौधरी, लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला समेत सुनाएको थियो ।

तर घटनामा संलग्न भएको अभियोगमा थुनामा रहेका नेता लक्ष्मण थारु सहित १५ जनालाई भने बुधबार रिहा गर्न उसले आदेश दिएको थियो । २०७२ भदौ ७ गते टीकापुरमा ८ सुरक्षाकर्मीसहित ९ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको अभियोग चौधरीलाई लागेको थियो । चौधरी २०७४ को प्रतिनिधि सभा चुनावमा कैलाली १ बाट सांसद निर्वाचत भएका थिए।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ७ : २३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६