इस्लामिक स्टेट नियन्त्रित भूभागबाट हजारौँ बाहिरिए | Khabarhub Khabarhub

इस्लामिक स्टेट नियन्त्रित भूभागबाट हजारौँ बाहिरिए


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेको क्षेत्रबाट हजारौँ मानिसहरु बाहिरिएका छन् ।

अमेरिका समर्थित कुर्दिस लडाकुको नेतृत्वमा रहेको फौजले डिएर एजजोर प्रान्तको बघुज शहरमा इस्लामिक स्टेटको नियन्त्रणमा रहेको क्षेत्रमा सैनिक कारवाही गरिरहेका बेला त्यहाँबाट मंगलबार र बुधबार गरी सयौँ इस्लामिक स्टेटका लडाकु सहित ६ हजार ५ सयभन्दा धेरै मानिसहरु बाहिरिएका हुन् ।

इस्लामिक स्टेटविरुद्ध लडिरहेका एसडीएफ फौजका कमाण्डरका अनुसार मानिसहरु सुरक्षित साथ बाहिरिउन् भन्नाका लागि सैनिक कारवाहीलाई सुस्त पारिएको छ ।

यद्यपि इस्लामिक स्टेट नियन्त्रित भूभागमा अझै कति लडाकु छन् भन्ने स्पष्ट नभइसकेको बताइएको छ । बघुज शहर आसपास रहेको इस्लामिक स्टेटको नियन्त्रित क्षेत्र पूर्वी सिरियामा इस्लामिक स्टेटको अन्तिम गढ हो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  १० : ०० बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’