राम जन्मभूमि–बाबरी मस्जिदको विवाद कायमै « Khabarhub

राम जन्मभूमि–बाबरी मस्जिदको विवाद कायमै


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अयोध्याको राम जन्मभूमि — बाबरी मस्जिद विवादमा बुधबार भएको सुनुवाईपछि भारतको सर्वोच्च अदालतले अदालतले नियुक्त गरेका मध्यस्थकर्ताको मद्दतमा सहमतिबाट विवादको स्थानी समाधान खोजिने फैसलालाई सुरक्षित गरेको छ ।

राम जन्मभूमि — बाबरी मस्जिदको विवाद सामान्य विवाद भन्दा पनि मानिसहरुको आस्था तथा मनसँग जोडिएको संवेदनशील विषय भएकाले यदी मध्यस्थताबाट समाधान निस्किने एक प्रतिशत पनि संभावना रहे त्यसलाई मध्यस्थताबाटै समाधान गरिनुपर्नेमा अदालतले जोड दिएको हो ।

सन् २०१० मा इलाहावाद उच्च अदालतले यस विषयमा गरेको फैसलामा यसअघि रहेको बाबरी मस्जिद क्षेत्रको २.७७ एकड जग्गा सुन्नी वक्फ बोर्ड, निर्मोही अखडा तथा राम लालालाई बराबरी भाग लगाउने आदेश दिएको थियो । इलाहावाद उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा १४ रिट दायर गरिएको थियो ।

बुधबार भएको सुनुवाईका क्रममा भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईको अध्यक्षतामा बसको ५ न्यायाधीशको बेन्चले सर्वोच्च अदालतले आफ्नो अन्तिम फैसला छिटै दिन चाहेकाले आफ्ना मध्यस्थकर्ता तथा मध्यस्थकर्ताको प्यानलको नाम बुझाउन समेत सबै पक्षसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : ३० बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।