धुलाबारीमा विराट सत्संग समारोहको तयारी पूरा « Khabarhub

धुलाबारीमा विराट सत्संग समारोहको तयारी पूरा


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेची नगरपालिका–४ धुलाबारीमा हुने विराट सत्संग समारोह–२०७५ को तयारी पूरा भएको छ । धुलाबारीको नन्दागंगा नदी तटमा फागुन २३ गते बिहीबार र २४ गते शुक्रबार सत्संग समारोह हुँदैछ । कार्यक्रममा नेपाल, भारत र भुटानबाट करीब एक लाख भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ ।

समारोहस्थल पण्डाल निर्माण, भक्तजनको आवास बन्दोबस्त, खानपानका लागि भण्डारा, अतिथि सत्कारको व्यवस्थापन मिलाइएको मूल आयोजक समिति संयोजक महात्मा चमेली वाइजीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी हुन सद्गुरूदेव सतपालजी महाराज पनि धुलाबारी पुगिसक्नुभएको छ । महाराजको साथमा अमृता माताजी, श्रद्धेय विभू जी महाराज, सुयश जी महाराज लगायत आउनुभएको जनाइएको छ ।

समारोहलाई व्यवस्थित बनाउन मूल आयोजक समिति मातहत विभिन्न समितिले काम गरिरहेको आयोजक नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले बताए । ‘समारोहमा सहभागी हुन देशविदेशका भक्तजन आउने क्रम शुरू भइसकेको छ, स्वयंसेवकहरूले विगत एक महिनादेखि तयारी गरिरहेका छन्,’ उनले भने ।

समारोहमा टाढाटाढाबाट आएका भक्तजनलाई खानपान र बसोबासको व्यवस्था गरिएको छ भने स्थानीय सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । समारोहकै क्रममा धुलाबारीस्थित श्रद्धेय आश्रमको भवन प्रवेश समेत गरिने छ । भवन प्रवेशका क्रममा १३ जना ब्राह्मणबाट यज्ञ हवन समेत गरिने छ । बिहीबार सत्संग समारोह शुरू हुनुअघि बिहान शोभायात्रा गरिने छ ।

स्थानीय कला संस्कृतिको प्रवद्र्धनका लागि समारोहमा विभिन्न आध्यात्मिक, सांस्कृतिक कार्यक्रम र झाँकी समेत प्रस्तुत गरिने छन् । कर्णप्रिय वाद्यवाधक तथा गायकबाट प्रस्तुत हुने भवनकीर्तनले समेत भक्तजनलाई आध्यात्मिक मनोरञ्जन प्रदान गरिने आयोजक समितिले जनाएको छ ।

समारोहको पूर्वसन्ध्यामा सरसफाई

कार्यक्रममको पूर्वसन्ध्यामा बुधवार बिहान धुलाबारी बजार क्षेत्रमा सरसफाई गरिएको छ । सत्संग आयोजक नेपाल मानव धर्म सेवा समितिका स्वयंसेवक, जनप्रतिनिधि र स्थानीय वासिन्दाको सहभागितामा बजार सरसफाई गरिएको हो । कार्यक्रममा मेची नगरपालिका–१० का वडाध्यक्ष सुवेश पनेरु लगायतको उपस्थिति थियो ।

आध्यात्मिक प्रचारप्रसार र सामूदायिक स्वास्थ्यका लागि सरसफाई आवश्यक रहेको सन्देश दिन बजार सरसफाई गरिएको नेपाल मानव धर्म सेवा समिति श्रद्धेय आश्रम धुलाबारीका सचिव ईन्द्र प्रधानले बताए । सत्संगकै पूर्वसन्ध्यामा आज बुधबार राष्ट्रिय बालसभा उत्सव समेत भएको छ ।
कार्यक्रममा देशभरबाट आएका बालबालिकाले विभिन्न कला संस्कृति र अध्यात्म झल्किने प्रस्तुती प्रदर्शन गर्ने सचिव प्रधानले बताए । उनका अनुसार उत्सवमा उत्कृष्ट भएका प्रस्तुतीलाई विराट सत्संग समारोहमा समेत स्थान दिइने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : १८ बजे

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप