सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने « Khabarhub

सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र आगामी महिना सम्पन्न हुने


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेलम्चीबाट आएको पानी प्रशोधनका लागि सुन्दरीजलमा निर्माणाधीन दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्र आगामी महिनासम्ममा सम्पन्न हुने भएको छ ।

प्रशोधन केन्द्रको निरीक्षणका लागि बिहीबार निर्माणस्थल पुगेकी खानेपानी तथा सरसफाइमन्त्री बीना मगरलाई मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम तीव्ररूपमा भइरहेको जानकारी गराएको हो ।

मन्त्री मगरसँगै मन्त्रालयका सचिव माधव बेल्वासे, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका महाप्रबन्धक मिलन शाक्यलगायतको टोलीले प्रशोधन केन्द्रको निरीक्षण गरेको थियो । पानी प्रशोधन केन्द्रको निरीक्षणसँगै टोलीले सुन्दरीजलस्थित सुरुङको समेत निरीक्षण गरेको थियो ।

मन्त्री मगरले दोस्रो प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी छन् । सुन्दरीजलमा बन्ने भनिएको दुई प्रशोधन केन्द्रमध्ये एउटा निर्माण सम्पन्न भइसकेको छ भने अर्को प्रशोधन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेमा दुवै प्रशोधन केन्द्रमा बराबर (साढे आठ करोड लिटर) प्रशोधन हुनेछ । मेलम्चीको पानी काठमाडौँमा वितरण गर्नुअघि सो केन्द्रमा प्रशोधन गरेर मात्र पठाइनेछ ।

सम्पन्न भइसकेको प्रशोधन केन्द्रको निर्माण भने यसअघि नै सकिएर सञ्चालनमा आइसकेको समितिले जनाएको छ । याङ्ग्री र लार्केखोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्नका लागि उक्त स्थानमा अर्को प्रशोधन केन्द्रसमेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ७ : ४२ बजे

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा