खाडीचौर–चरिकोट सडकखण्ड निर्माण द्रुतगतिमा गर्ने सहमति « Khabarhub

खाडीचौर–चरिकोट सडकखण्ड निर्माण द्रुतगतिमा गर्ने सहमति


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ढिलासुस्ती भएको खाडीचौर–चरिकोट सडकखण्ड स्तरोन्नतिको काम द्रुतगतिमा गर्ने सहमति भएको छ ।

सडक स्तरोन्नतिमा भएको ढिलाइ विरुद्ध आन्दोलनरत नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका प्रतिनिधिबीच बिहीबार सडक स्तरोन्नति द्रुतगतिमा गर्ने सहमति भएको हो ।

लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका प्रमुख दीपक बाराहीको अध्यक्षतामा नागरिक अगुवा तथा सडक निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीका प्रतिनिधिसहितको बैठकले सडक स्तरोन्नतिलाई द्रुतगति दिने सहमति भएको नागरिक अगुवा रमेश खतिवडाले बताए।

बैठकमा सहमति भएअनुसार मुढे–चरिकोट ३० किलोमिटर सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको शकिल हैदर तथा शङ्कर माली निर्माण सेवाले तत्काल चरिकोट तथा मुडे दुवैतर्फबाट सडक स्तरोन्नतिको काम थालनी गर्ने भएको बताइएको छ ।

यस्तै पुस मसान्तभित्र सवबेश र ग्रावेलको काम गर्ने तथा फागुनको तेस्रो साताभित्र कालोपत्र शुरु गरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने सहमति भएको अर्का नागरिक अगुवा चिरञ्जीवी मास्केले बताए ।

यस्तै खाडीचौर–मुडे २५ किलोमिटर सडकखण्डको सडक स्तरोन्नतिको काम जिम्मा लिएको सिमाञ्चल/गौरीपार्वती/सुनौला खिम्ती जेभीले पनि १० दिनभित्र यातायात सहजरूपमा सञ्चालन हुनेगरी सडकका खाल्डाखुल्डी पुरी २०७७ जेठ २२ गतेसम्ममा कालोपत्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको बैठकमा संलग्न नगरिक अगुवा मास्केको भनाइ छ ।

खाडीचौर–चरिकोट सडक विस्तारमा भएको ढिलाइका कारण सडक वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भई सिन्धुपाल्चोक तथा दोलखाका बासिन्दा कष्टकर यात्रा गर्न बाध्य छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : २१ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– हरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले