प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगे उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न बालुवाटार पुगे उपराष्ट्रपति पुन


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्द बहादुर पुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

उपराष्ट्रपति पुन शुक्रवार विहान ‍९ बजे बालुवाटार पुगेका हुन् । उपराष्ट्रपति पुनले प्रधानमन्त्री ओलीसँग भेटगरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने स्वास्थ्य लाभको कामना गरेका थिए ।

विहीवार अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आराम गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था समान्य रहेकाले उनले निवासमै पुग्नेहरुसँग भेटघाट तथा कुराकानी गरीरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य नै छ, आज बिहान उपराष्ट्रपतिज्यू पनि आउनु भएको थियो, निवासमा आउनेहरुसँग भेटघाट, कुराकानी भइरहेको छ,’ प्रेस सल्लाहकार थापाले भने, ‘तर भेटघाटहरुलाई कन्ट्रोल नै गरिएको छ ।’

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्सको शल्यक्रियापछि १० दिन आइसियुमा रहेका प्रधानमन्त्री ओलीको हिजो ( बिहीबार) डिस्चार्ज गरिएको थियो ।

प्रधानमन्त्री ओली मिर्गौलाका समेत बिरामी भएकाले चिकित्सकले अझै केही दिन आराम गरेर बस्न सुझाव दिएका थिए ।

प्रधामन्त्री ओलीलाई बालुवाटारमा पनि उनका निजी चिकित्सक दिव्यसिंह साह सहितको चिकित्सकको टोलीले निगरानीमा राखेका छन् ।
१२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले पुनः काम गर्न छाडेको छ । जसको कारण उनको नियमीत डायलाइसिस समेत भइरहेको छ ।

नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीलाई धेरै भेटघाटले संक्रमण हुने खतरा रहेको चिकित्सकले बताएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ११ : ४१ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्