आजबाट हलमा सौगातको ‘माछा माछा’, कस्तो छ फिल्म? « Khabarhub

आजबाट हलमा सौगातको ‘माछा माछा’, कस्तो छ फिल्म?


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालभर सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ प्रदर्शनमा आएको छ । क्राइम कमेडी जानरामा निर्माण गरिएको यो फिल्म पैसाको पछि लागेका केही युवाहरुको कथा वरिपरि घुमेको छ ।

सुनील गुरुङले निर्देशन गरेको फिल्ममा सौगातका अलावा दयाहाङ राई, नम्रता श्रेष्ठ, विजय बराल, भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, अनोल पाण्डे लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा दयाहाङ राई र रामबाबु गुरुङको लगानी छ । यस्तै फिल्ममा शिवराज श्रेष्ठको छायांकन निमेश श्रेष्ठको सम्पादन तथा निर्देशक गुरुङको स्किृप्ट छ ।

कस्तो छ फिल्म?

सौगात मल्ल, अनोज पाण्डे र विजय बराललाई शीर्ष भूमिकामा अभिनय गराइएको फिल्म यिनै तीन पात्रका वरिपरि घुम्छ । पैसा कमाउने चाहनामा एकपछि अर्को समस्यामा फस्दै गएका तीन युवाले कसरी समस्यालाई समाधान गर्दै अगाडि जान्छन् भन्ने फिल्ममा देख्न सकिन्छ ।

बुधबार भएको प्रिमियरमा कलाकारले यो फिल्म मन परेको प्रतिक्रिया दिएका थिए । फिल्मको कमेडी पक्षको प्रशंसा गरिएको थियो । फिल्ममा समावेश संवाद आर्कषक भए पनि पटकथामा भने लेखकले कमाल देखाउन सकेका छैनन् ।

फिल्मको पार्श्वध्वनि र कलाकारको अभिनय औसत लाग्छ । फिल्मबाट तीन शीर्ष कलाकार सौगात, अनोज र विजयले गरेको अभिनयको तारिफ गरिएको छ ।

यद्यपि फिल्मले दर्शकको पूर्ण रुपमा मन जित्न धौ धौ पर्छ ।

योसँगै आजदेखि अर्को नेपाली चलचित्र ‘माया पिरिम’ पनि रिलिज भएको छ । फिल्मको रिलिजअघि कुनै चर्चा छैन । फिल्ममा कोशिश क्षेत्रीको शीर्ष भूमिका छ ।

यस्तै हलमा अन्य विदेशी फिल्म पनि प्रदर्शन भएका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : २० बजे

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर

रास्वपाले प्रधानमन्त्रीसँग खोज्यो चुनावी सुरक्षाको ग्यारेन्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा