जिब्रो पोल्दा यसरी गर्नुस् घरमै उपचार « Khabarhub

जिब्रो पोल्दा यसरी गर्नुस् घरमै उपचार


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तातो चिया, पानी वा खानेकुरा खाँदा जिब्रो पोल्ने समस्यामा पर्नु सामान्य कुरा हो ।

धेरैले हतारहतारमा तातो खानेकुरा वा पेय पदार्थ खाँदा जिब्रो पोल्ने समस्या भोगेका हुन्छन् ।

यदी जिब्रो पोल्यो भने के गर्ने कसो गर्ने चिकित्सककहाँ जाने वा नजाने द्विविधामा पर्नु भएको छ भने यसको घरमै पनि उपचार गर्न सकिन्छ ।

त्यसका लागि यी हुन् घरायसी उपाय

१ . बेकिङ सोडा : बेकिङ सोडाले पोलेको बेला हुने एसिडिटीलाई कम गर्छ । त्यसकारण जिब्रो पोल्नासाथ बेकिङ सोडापानीले मुख कुल्ला गर्नु पर्छ जसले पोलेको दुखाई कम गर्न मद्दत गर्छ ।

२. आइस क्युब : यदि जिब्रो पोल्यो भने आइस क्युबलाई झोल बनाएर मुखमा लगाएर केही बेर चुस्ने गर्नुपर्छ ।

३. चुइगम : चुइगम खाँदा पनि पोलेको जिब्रोलाई चिसो बनाउन मद्दत गर्छ । यसले मुखमा थुक बनाउने काम गर्छ । मुखमा थुक बन्ने क्रम निरन्तर रहँदा पोल्न कम हुन थाल्छ ।

४. दही : जिब्रो पोलेमा एक चम्चा दही मुखमा केही समय राख्ने । यसले चिसो प्रादन गर्नुका साथै आराम पनि दिन्छ ।

५. मह : एक चम्चा मह जिब्रोमा राख्ने । यसले पोलेको जिब्रोमा दुखाई कम गर्न मद्दत गर्छ ।

६. घ्यूकुमारी : घ्यूकुमारी एक प्राकृतिक जडिबुटि हो, जसले जुनसुकै जलेको ठाउँमा पनि पीडा कम गराउन मद्दत गर्छ । यसलाई जिब्रोमा आइस क्युबसँग मिलाएर लगाउँदा पनि फाइदाजनक हुन्छ ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १२ : १३ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।