२ दिन महानगर दिवस मनाइने « Khabarhub

२ दिन महानगर दिवस मनाइने


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरले स्थापनाको २५ औं बार्षिकोत्सबका आसरमा मंसिर २८ र २९ गते २ दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।

बिहीबार महानगरको सभा कक्षमा बसेको महानगर दिवस मुल समारोह समितिको बैठकमा समितिका अध्यक्ष एवं महानगर प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले आयोजना गर्ने २ दिनका कार्यक्रमका अतिरिक्त वडा स्तरमा आयोजना हुने कार्यक्रमलाई सहयोग गरिने बताए ।

महानगरबासी हुनुको गौरव स्थानीयमा अनुभूत गराउन र इच्छुक सबैलाई सहभागी गराउन यस बर्षको कार्यक्रम बसन्तपुरमा आयोजना हुनेछ, मेयर शाक्यले भने, ‘त्यस अवसरमा महानगरले तालिम दिएका साना उद्यमीले तयार पारेका बस्तु प्रदर्शन हुनेछन् भने मौलिक खानाका स्टलहरु राखिनेछन् ।

बैठकमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले दिवसका अवसरमा आयोजना गरिने सांस्कृतिक कार्यक्रम, सांस्कृतिक झाँकी, बाद्यबादन तथा प्रदर्शनीमा सिङ्गो महानगर क्षेत्रको सहभागिता हुने अपेक्षा गरेकी छिन् ।

दिवसलाई व्यवस्थित गर्न वडा १८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा व्यवस्थापन उपसमिति, वडा ३२ का अध्यक्ष एवं शुशासन समितिका संयोजक नवराज पराजुलीको संयोजकत्वमा कर्मचारी, करदाता सम्मान तथा पुरस्कार उपसमिति, वडा १५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमा डंगोलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।

बैठकमा आफ्नो उपसमितिले गरेको तयारीका बारेमा जानकारी दिँदै व्यवस्थापन उपसमितिका संयोजक महर्जनले ज्यापू समुदायका परम्परागत ६३ गुथि, खड्गी समुदायका ६५ गुथि, गुँला बाजाका २३ वटा समूह, टोलमा राखिएका २ जना जीवित कुमारी र पुलुकिसी, दि प्याँख, लाखे, आकाश भैरव (सवः द्य) गरी ४ नाचसँग सम्बन्धित बाजा गुरुलाई सम्मान गरिने तयारी भएको जानकारी दिए ।

उनकाअनुसार बसन्तपुरमा आयोजना हुने कार्यक्रममा महानगरले तयार पारेका सहरी पूर्वाधार, संस्कृति तथा सम्पदासँग सम्बन्धित तस्विर प्रदर्शनी र सांस्कृतिक कार्यक्रम हुनेछ । बैठकमा बोल्दै करदाता तथा कर्मचारी सम्मान उपसमितिका संयोजक पराजुलीले यसपटक व्यक्तिगत रुपमा नियमित कर तिर्ने करदातालाई प्राथमिकता साथ खोजि गरिरहेको बताए ।

२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । महानगर घोषणा भएको यस बर्ष २५ बर्ष भएको छ । यस अवसरमा महानगर घोषणा गर्ने तत्कालीन प्रमुख पि. एल. सिंहलाई सम्मान गर्ने महानगरको योजना छ । गएको बर्ष काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १ : ४० बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी