साग : ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक « Khabarhub

साग : ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा आज सम्पन्न ब्याडमिन्टन खेलको स्पर्धामा भारतले सर्वाधिक चार स्वर्ण पदक जितेको छ ।

यही मङ्सिर १५ गतेदेखि पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कोर्टमा शुरु भएको प्रतियोगिताको सम्पन्न फाइनल स्पर्धामा भारतले सर्वाधिक चार स्वर्णपदक जित्न सफल भएको हो । ब्याडमिन्टनको कूल पाँच स्वर्ण, पाँच रजत र पाँच काश्यका लागि भएको स्पर्धामा एक स्वर्ण पदक भने श्रीलङ्काले जितेको छ ।

भारतले महिला तथा पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो भने श्रीलङ्काले महिला व्यक्तिगत स्वर्ण पदक जित्न सफल भयो । भारतका लागि महिला एकलतर्फ अस्मिता चलिहाले स्वर्ण पदक जितिन् । उनले भारतकै गायत्री गोपीचन्दलाई २१–१८ र २५–२३ को सोझो सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी हुन् ।

पुरुष एकलतर्फ सिरिल बर्माले भारतकै आरेमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । यस स्पर्धामा भारतले नै रजत पदक जितेको हो । पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गरगा र ध्रुव कपिलाको जोडीले श्रीलङ्का सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक भने श्रीलङ्काले जितेको छ ।

मिक्स डबल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलङ्काको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजिद गर्दै स्वर्ण पदक जिते । रजत पदक श्रीलङ्काले जितेको छ । महिला डबल्समा श्रीलङ्काका थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलङ्काकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक पनि श्रीलङ्काले नै जितेको हो ।

आयोजक नेपाल भने ब्याडमिन्टनतर्फ पाँच काश्य पदकमा चित्त बुझाउन बाध्य बन्यो । पोखरामा सञ्चालन भएका सागका आठ खेलमध्ये ब्याडमिन्टनमा सातवटै राष्ट्रले भाग लिएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : ५५ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो