साग : ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक « Khabarhub

साग : ब्याडमिन्टनमा भारतलाई चार स्वर्ण पदक


२० मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पोखरामा आज सम्पन्न ब्याडमिन्टन खेलको स्पर्धामा भारतले सर्वाधिक चार स्वर्ण पदक जितेको छ ।

यही मङ्सिर १५ गतेदेखि पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कोर्टमा शुरु भएको प्रतियोगिताको सम्पन्न फाइनल स्पर्धामा भारतले सर्वाधिक चार स्वर्णपदक जित्न सफल भएको हो । ब्याडमिन्टनको कूल पाँच स्वर्ण, पाँच रजत र पाँच काश्यका लागि भएको स्पर्धामा एक स्वर्ण पदक भने श्रीलङ्काले जितेको छ ।

भारतले महिला तथा पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा स्वर्ण पदक जितेको हो भने श्रीलङ्काले महिला व्यक्तिगत स्वर्ण पदक जित्न सफल भयो । भारतका लागि महिला एकलतर्फ अस्मिता चलिहाले स्वर्ण पदक जितिन् । उनले भारतकै गायत्री गोपीचन्दलाई २१–१८ र २५–२३ को सोझो सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेकी हुन् ।

पुरुष एकलतर्फ सिरिल बर्माले भारतकै आरेमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जिते । यस स्पर्धामा भारतले नै रजत पदक जितेको हो । पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गरगा र ध्रुव कपिलाको जोडीले श्रीलङ्का सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक भने श्रीलङ्काले जितेको छ ।

मिक्स डबल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलङ्काको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमि मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजिद गर्दै स्वर्ण पदक जिते । रजत पदक श्रीलङ्काले जितेको छ । महिला डबल्समा श्रीलङ्काका थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलङ्काकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते । रजत पदक पनि श्रीलङ्काले नै जितेको हो ।

आयोजक नेपाल भने ब्याडमिन्टनतर्फ पाँच काश्य पदकमा चित्त बुझाउन बाध्य बन्यो । पोखरामा सञ्चालन भएका सागका आठ खेलमध्ये ब्याडमिन्टनमा सातवटै राष्ट्रले भाग लिएका थिए ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : ५५ बजे

ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले महासचिवमा प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक यही मङ्सिर

मुम्बईमा मेस्सी र सचिनको भेट, वानखेडेमा गुन्जियो ‘बार्सिलोना’को नारा

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल सुपरस्टार लियोनल मेस्सी र भारतीय क्रिकेट

एमाले महाधिवेशनः पृथ्वीसुब्बाको संयोजकत्वमा माइन्युट कमिटी गठन

काठमाडौं – नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक

बालेनको आवाज रहेको ‘आम नेपाली बुवा’ र्‍याप सार्वजनिक (भिडियोसहित)

काठमाडौं – चलचित्र ‘झरीपछिको इन्द्रेणी’को गीत ‘आम नेपाली बुबा’ सार्वजनिक