सगरमाथा आरोहणको सपना : हिमआँधी, हुरी र मृत्युरेखाको जोखिम | Khabarhub Khabarhub

सगरमाथा आरोहणको सपना : हिमआँधी, हुरी र मृत्युरेखाको जोखिम



काठमाडौं– पर्वतारोहणका क्षेत्रमा काम गर्ने र सहासिक व्यक्तिका लागि सगरमाथाको शिखरमा पुग्नु जीवनभरको सपनाजस्तै हुन्छ । साँच्चै भन्दा नेपाल भ्रमण गर्न आउने पर्यटकमध्ये धेरैको सपना सगरमाथा पुग्ने नै हुन्छ ।

सन् १९५३ को मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको आरोहण गरेयता हालसम्म ९ हजारभन्दा धेरै आरोही संसारकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगिसकेका छन् ।

सगरमाथाले हरेक वर्ष ठूलो सङ्ख्यामा पर्यटक र आरोहीलाई आकर्षित गर्ने गरेको छ । यसका लागी उनीहरु हिमआँधी, हुरी, मृत्युरेखा र कठोर तापक्रमको जोखिम मोल्न समेत तयार हुन्छन् ।

पर्यटक गाइड मिङ्गमा ग्याबु शेर्पा आजकल आरोहणमा सहयोग गर्ने अनुभवी शेर्पाहरुको कारणले गर्दा सगरमाथा आरोहणमा सफलता प्राप्त गर्ने मानिसहरुको सङ्ख्या बढ्दै गइरहेको दाबी गर्छन् ।

सन् १९८९ मे १६ मा ताप्लेजुङमा जन्मेका मिङ्गमाले सन् २००९ बाट भरीयाको काम शुरु गरेका हुन् । हौसला र आत्मविश्वासका साथ उनी सन् २०१० मा सगरमाथाको शिखरमा पुग्न सफल भएका थिए ।

खबरहबसँगको कुराकानीका क्रममा उनले आफ्ना साथी र छिमेकी दोर्जे खत्रीलाई सम्झे । खत्रीको सन् २०१४ मा सगरमाथामा आएको हिमपहिरोमा परी मृत्यु भएको थियो । खत्रीले नै शेर्पालाई सगरमाथा आरोहण गनै हौसला दिएका थिए । ‘साँच्चै भन्दा खत्रीले मेरो आत्मविश्वास बढाएका हुन् ।’ खत्रीलाई सम्झदै उनी भन्छन् । ‘कहिल्यै पछाडि नहेर’ भनेर उनैले मलाई हौसला दिएका थिए । उनको एकमात्र उद्देश्य सर्वोच्च शिखर सगरमाथाको आरोहण थियो । र उनले त्यसो गर्ने सफलता पनि पाएरै छाडे । त्यसपछि उनले साँच्चै नै पछाडि फर्केर हेर्नुपरेन ।

‘१९ वर्षको उमेरमा सगरमाथाको चुचुरोमा पुग्दाको क्षण बयान गर्ने मसँग शब्द नै छैन ।’ त्यो खुशीको क्षण सम्झँदै उनी भन्छन् ।

सगरमाथाको चुचुरोमा पाइला टेक्दा आरोहीलाई कस्तो महशुस हुन्छ भन्ने कुरा बयान गर्दै उनी भन्छन्, ‘त्यसबेला तपाईं निशब्द बन्नुहुन्छ, त्यस क्षणको बयान गर्ने शब्द नै तपाईसँग हुन्न ।’

मिङ्गमा र अरु ५ शेर्पाहरुले सन् २०१६ मा ८६०० मिटरको उचाईमा उद्धार अभियान सञ्चालन गरेका थिए । त्यसबेलाको उनको अनुभव पनि स्मरणीय छ । त्यसबेला उनको टोलीले घण्टौंको मिहिनेतपछि ज्यान जोगाउन संघर्ष गरिरहेका फुर्बा शेर्पा र भारतको उडिसा राज्यमा बसोबास गर्ने ४३ वर्षीय चेतना साहुको उद्धार गरेका थिए ।

‘उनीहरुसँग भएको अक्सिजन सकिन लागेकाले दुबैको अवस्था नाजुक नै थियो । हामीले उनीहरुलाई सगरमाथा र ल्होत्सेको बीचमा रहेको दक्षिण कोलतर्फ लग्यौँ । उनीहरु खुशी हुँदै हामीले उनीहरुलाई नयाँ जीवन दिएको कुरा गरे ।’ गौरवका साथ उनी सुनाउँछन् ।

समयक्रममा मिङ्ग्मा पाओलेट डे ओर एशियाबाट शेर्पा विधातर्फबाट पनि सम्मानित भइसकेका छन् । एशियाली पर्वतारोहीलाई उर्जा प्रदान गर्नका लागि दिइँदै आएको अवार्डका साथै उनी वर्ष २०१९ का लागि ‘शेर्पा अफ द इयर’ पनि हुन् ।

‘मैले जीवनमा पछाडि फर्केर हेर्नुपर्ने त्यस्तो कुनै घटना छैन, जसले ममा पर्वतारोहण चटक्कै छाड्ने सोच पलाएको होस् । यो मेरो सपना थियो, मैले मेरो सपना साकार गर्न गरेका हरेक प्रयासमा म सफल भएको छु,’ खबरहबलाई उनले सुनाए ।

उनले सरकारसँग पर्वतारोही गाइडहरुको वर्गीकरण गर्न र उनीहरुलाई सामाजिक सुरक्षा उपलब्ध गराउन आग्रह गर्छन् ।

पछिल्लो समय सगरमाथा आरोहण गर्नका लागि कठिनाई उत्पन्न भएकोमा पनि उनी चिन्तित छन् । ‘आजकल विश्व तापक्रम बृद्धिका कारण सगरमाथा चढ्न झन्–झन् गाह्रो पर्दै आएको छ । उनले भने, ‘विश्व तापक्रम बृद्धिका कारण खुम्बुको हिमझरना खुम्बु आईसफल (सगरमाथा वेसक्याम्पवाट क्याम्प १ जाँदा आरोहण कठिन पर्ने भाग) एकदमै छिटो पग्लिरहेको छ । तैपनि अनुभवी गाइडहरु र उनीहरुले प्रयोग गर्ने औजारहरुले सगरमाथाको जस्तो सुकै कठिन आरोहणलाई पनि सहज पारेको छ ।’

अफगानिस्तानमा दुबै खुट्टा गुमाएका बेलायती गोर्खा सैनिक हरिबहादुर मगरले सन् २०१७ को शरद् ऋतुमा मेरा शिखर (६४७६ मिटर) मा पुगेर कीर्तिमान कायम गरे । यससँगै मगरले घुँडा भन्दा माथि अपाङ्ग रहेका आरोहीले शरद ऋतुमा मुलुकको सबैभन्दा उच्च स्थानमा रहेको पदमार्गको आरोहण गर्ने कीर्तिमान राख्न पनि सफल भए । यसमा हरिबहादुर मगरलाई मिङ्ग्माले नै साथ दिएका थिए ।

मिङ्ग्मा भन्छन्, विदेशीहरु कीर्तिमान राख्न र आफ्नो इच्छा पूरा गर्न हिमालको आरोहण गर्छन् । सगरमाथाको आरोहण गर्न उनीहरु सहासी शेर्पाहरुको भर पर्छन् ।

यस वर्ष मिङ्ग्माले आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका छन् । हाल उनी अन्नपुर्ण (८०९१ मिटर) को आरोहणको तरखरमा छन् । त्यसपछि उनी धौलागिरी (८१६७ मिटर) र कञ्चनजङ्घा एकै सिजनमा आरोहण गर्नेछन् । उनी पाकिस्तानमा रहेका ४ हिमालहरुको आरोहण गर्नेबारे पनि योजना बनाइरहेका छन् ।

आफू कीर्तिमान राख्नका लागि हिमालहरुको आरोहण नगर्ने मिङ्ग्मा दाबी गर्छन् । मिङ्ग्माको सपना ७ हिमाल र १४ शिखरको आरोहण गर्ने हो ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ३ : ४१ बजे

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।