क्रिकेट

स्थगित भयो ‘मातृभूमि कप’ क्रिकेट

By खबरहब

April 06, 2019

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आज हुने भनिएको ‘मातृभूमि कप’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार तय भएको प्रतियोगिता वर्षाको कारण स्थगित भएको हो । रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजना हुने प्रतियोगिताको नयाँ मिति चाडै घोषणा गर्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

मातृभूमि कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा दुई टोलीले खेल खेल्ने कार्यक्रम रहेको थियो ।

पारसको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘ए’ र ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘बी’ नाम दिईएको थियो ।