स्थगित भयो ‘मातृभूमि कप’ क्रिकेट « Khabarhub

स्थगित भयो ‘मातृभूमि कप’ क्रिकेट


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगार्थ आज हुने भनिएको ‘मातृभूमि कप’ क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा शनिबार तय भएको प्रतियोगिता वर्षाको कारण स्थगित भएको हो । रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन आयोजना हुने प्रतियोगिताको नयाँ मिति चाडै घोषणा गर्ने धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

मातृभूमि कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा दुई टोलीले खेल खेल्ने कार्यक्रम रहेको थियो ।

पारसको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘ए’ र ज्ञानेन्द्रको कप्तानीमा रहेको टोलीलाई नेपाल टिम ‘बी’ नाम दिईएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  १ : ४६ बजे

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३