हातहतियारको अनुमति लिनेले गरेनन् नवीकरण « Khabarhub

हातहतियारको अनुमति लिनेले गरेनन् नवीकरण


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी–  जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् ।

हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार धैरेले हातहतियार राख्ने इजाजतपत्र लिएका भए पनि ५० प्रतिशत भन्दा कमले मात्रै इजाजत पत्रको नवीकरण गरेका छन् ।

प्रशासनमा १२ बोर बन्दुक २४२, २२ बारे राइफल १५ थान, टोटा पाँच थान, कटुइ २५ थान, ब्रिज लोड १२ थान, प्वाइन्ट २२ बन्दुक एक थान, २०५१ बोर एक थान, भरुवा ४ थान, मेनिचर एक थान, एयर गन हवाई बन्दुक एक थान र नखुलेका २८ थान गरी कूल ३३५ ले इजाजत लिएको तथ्याङ्क छ ।

एक पटकमा दुई वर्षसम्मका लागि इजाजतपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  २ : १० बजे

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले

आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

भद्रपुर– औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड