भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको छ, भाजपा रगत र पसिनाले –मोदी | Khabarhub Khabarhub

भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको छ, भाजपा रगत र पसिनाले –मोदी


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उडिसा– भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रैस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै मोदीले कांग्रैसको नाम उल्लेन नगरि भने “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।”

कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताए । कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उनले स्मरण गरे ।

आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाइ छ । भारतमा यसै महिनाको २८ गतेबाट चुनाव शुरु हुनै लाग्दा राजनीतिक दलहरुको सक्रियता निकै बढेको छ ।

सत्तारुढ भारतीय जनता पार्टी र भारतीय कांग्रेसका बीच चुनावी प्रतिस्पर्धा तीब्र हुने आकलनहरु गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ३ : ४४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा