मेलमिलापको नीति अङ्गालेको कांग्रेसभित्र नै मेलमिलाप नहुन दुःखद्– महामन्त्री कोइराला « Khabarhub

मेलमिलापको नीति अङ्गालेको कांग्रेसभित्र नै मेलमिलाप नहुन दुःखद्– महामन्त्री कोइराला


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस मध्यपुरथिमि नगरसमितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काःजात्राको अवसरमा छ्वासटोलमा शनिवार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेस एक भएर अघि बढ्ने हो भने आगामी चुनावमा ठूलो दल बन्न कसैले रोक्न नसक्ने दाबी गरे । उनले भने, “नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढेमा आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्न कसैले रोक्न सक्दैन् ।”

“बिपीले देखाएको बाटो कांग्रेसले विर्सन हुन्न”, महामन्त्री डा कोइरालाले भने, “राष्ट्रिय मेलमिलापको नीति अङ्गालेको कांग्रेसभित्र नै मेलमिलाप नहुन दुःखद हो ।”

उनले सरकारको गतिविधि सङ्घीयता विरोधी भएको आरोप लगाउँदै “मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ, जुन सङ्घीयता विरोधी छ, यसले सरकार सङ्घीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ”, भने ।

सरकारको एकवर्षे कामको मूल्याङ्कन गर्दै महामन्त्री डा कोइरालाले भने, “सरकारको एकवर्षे कार्यकालमा धन्यवाद दिने खालको एउटा पनि काम भएको छैन । सरकारले काम गर्ने ठोस् योजना पनि प्रस्तुत गर्न सकेको छैन । मुलुकमा शान्ति सु–व्यवस्था हुनुको सट्टा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएका छन् ”

कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समितिका संयोजक भिष्मराज आङ्दम्बेले दुई तिहाइ बहुमतको सरकारले पनि आदिवासी जनजाति, मधेशी, थारु, महिलालगायतको असन्तुष्टिलाई सम्बोधन गर्न नसकेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा सररकार गम्भीर नभएको आरोप लगाए ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ३ : ५० बजे

देउवा-आरजुविरुद्ध पक्राउ प्रक्रियामै सरकारको अनेक त्रुटि, सर्वोच्चले उठायो गम्भीर प्रश्न

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र आरजु राणाविरुद्ध जारी

सुकुम्वासीले १५ बुँदेमागसहित सार्वजनिक गरे देशव्यापी आन्दोलनका कार्यक्रम

काठमाडौं– नेपाल भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी

सरकारलाई अर्को झट्का : देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने

भारतमा हिरासत केन्द्र स्थापनाको आदेशपछि चिन्ता वृद्धि

नयाँदिल्ली– भारतको पश्चिम बंगालमा कागजातविहीन बङ्गलादेशी नागरिक र रोहिङ्ग्या शरणार्थीलाई राख्न

भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं– भारत काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ