मन्त्री पुनद्वारा बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन | Khabarhub Khabarhub

मन्त्री पुनद्वारा बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले बाग्मती जलाधार नदी संरक्षण परियोजनाको स्थलगत अनुगमन गरेका छन् ।
मन्त्री पुन सिंचाई मन्त्रालयका सचिव डा. सञ्जय शर्मासहित शनिवार परियोजनास्थल पुगेका हुन् ।

उनले आयोजनाको अवस्था र मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहयोगको वारेमा आयोजनाका अधिकारीसँग छलफल गरेका थिए । मन्त्री पुनले आयोजनास्थलमा आयोजित छलफलमा भने, ‘वाग्मती सम्पदासँग जोडिएकोले यो आयोजना समयमा बनाउनुपर्नेहुन्छ, यो नयाँ आयोजना पनि हो, हामीले राष्ट्रिय गौरव र विशेष महत्वको आयोजनालाई प्राथमिकतामा राखेका छौं ।’

मन्त्री पुनले जिम्मेवारीपूर्ण तरिकाले काम गर्न निर्देशन दिएका छन् । वाग्मती सभ्यतासँग जोडिएको आयोजना भएकाले पनि यसमा सवैको चासो रहेको भन्दै मन्त्री पुनले छिटोभन्दा छिटो काम सम्पन्न गर्न बताए ।

‘यो परियोजनामा सबैको चासो छ । काठमाडौंमा धेरै मानिसहरुलाई यसले प्रत्यक्ष प्रभाव पनि पार्छ । त्यसैले यसमा जिम्मेवारीका साथ काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ,’ मन्त्री पुनले भने ।

उनले मन्त्रालयको तर्फबाट गर्नुपर्ने सहजीकरणमा कुनै कमी नहुने भन्दै समयमै पुरा गर्ने तर्फ ध्यान दिन निर्देशन दिए । मन्त्री पुनले निर्माणको जिम्मा पाएको कम्पनीलाई समयमा काम सम्पन्न गर्न आग्रह गरे ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ७ : ३९ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही