खानपान र शारिरीक व्यायाममा ध्यान दिन उपप्रधान एवं स्वास्थ्य मन्त्रीको आग्रह « Khabarhub

खानपान र शारिरीक व्यायाममा ध्यान दिन उपप्रधान एवं स्वास्थ्य मन्त्रीको आग्रह


२३ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी रहेको बताएका छन् ।

उपप्रधानमन्त्री यादवले विषादी खाद्य बस्तुको सेवन र प्रदुषणका कारण नेपालमा बढ्दो रोगहरुको नियन्त्रणका लागि पनि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

शनिबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठूलो धनराशी खर्च गरेर पनि निको नहुने क्यान्सरजस्ता प्राणघातक रोगबाट बच्न खानपान र शारिरीक व्यायामका कामहरुमा ध्यान दिन पनि सर्वसाधारणलाई अपिल गरे ।

पप्रधानमन्त्री यादवले रासायनिक मल हालेको खाद्यन्नबाट विभिन्न रोगहरु लाग्ने गरेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडा कानुन ल्याउने प्रयास गरिरहेको पनि बताए ।

उपप्रधानमन्त्री यादवले रोगहरुबाट बच्न बेलाबेलामा स्वास्थ्य जाँच गराउन पनि सबैलाई आग्रह गर्नु भयो । रोग लाग्नै नदिन तथा लागे उपचार गर्न ढिलाई गर्न नहुने उपप्रधानमन्त्री यादवको भनाई छ ।

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : ४९ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको